कोरोना संक्रमणबाट दमककी पुर्व स्वास्थ्यकर्मीको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक। कोरोना संक्रमणबाट झापा दमककी एक महिला पुर्व स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नं ८ घर भई १० दिन अघि देखि उपचारत विराट मेडिकल कलेज विराटनगरकाे भेन्टिलेटरमा राखिएकी ६५ वर्षिया स्टाफ नर्स लमु तामाङको मृत्यु भएको हो । उनले दमकको आम्दा अस्पतालमा लामो समय काम गरेकी थिईन् ।

उनको हिजो आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

छाेरा हाल बेलायतमा रहेकाे हुँदा मृतकलाइ केही दिन विपि प्रतिष्ठानकाे मचर्री घरमा राख्ने पारिवारिक स्राेतले जनाएकाे छ ।

हिजो आइतवार मात्र दमकमा एक महिलासहित तीन जना संक्रमितको पनि मृत्युभएको थियो । दमकमा हिजो ४६ जनामा संक्रमण थपिएसंगै संक्रमितको सँख्या पनि ४१९ पुगेको छ स्वास्थ शाखाले जनाएकाे छ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...