भूपु गोर्खा सैनिक आन्दोलनका हस्ती धरानका गजेन्द्र इस्वोको निधन

 लिम्बुवान न्युज
                       

धरान– भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हकअधिकार सुनिश्चितता आन्दोलनका प्रमुख अभियन्ता साथै हाल जनता समाजवादी पार्टीका नेता समेत रहेका धरानका सामाजिक व्यक्तित्व गजेन्द्र इस्वोको निधन भएको छ ।

उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा आज विहान निधन भएको हो ।

किरात याक्थुम चुम्लुङको केन्द्रीय सल्लाहकार समेत रहेका इस्वोलाई केही दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । उनको आज बिहान ४ बजे उपचारको क्रममा निधन भएको परीवारले जनाएको छ । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको उपचार गराइरहेका थिए भने उनमा मधुमेहको समेत समस्या रहेको थियो ।

भूपू गोर्खा सैनिकहरुको आन्दोलनको क्रममा ब्रुनाईमा हकअधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट हटाइएको थियो, ती मध्येमा इस्वो पनि एक हुन । नेपालमा भएको भूपू गोर्खा सैनिकहरुको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्वमा रहेर इस्वोले नेतृत्व दिएका थिए । विभिन्न सामाजिक संघ संस्थाहरूमा समेत अग्रसर उनी  धरान विश्णुपादुका माछामारामा निर्माण भैरहेकाे गोर्खा पार्कका परिकल्पनाकार समेत हुन् ।

पछिल्लो समयमा पहिचानकाे राजनीतिमा आएका इस्वोले धरान उपमहानगरको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवारी समेत दिएका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...