सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्दावली हटाएकोमा मञ्चको आपत्ति

 लिम्बुवान न्युज
                       

दमक। वर्तमान केपी ओली सरकारले नेपालको अगाडि लेखिने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्द हटाई नेपाल मात्र लेख्ने सबै स्थानीय तहमा परिपत्र गरेकोमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले घोर आपत्ति, विरोध र भत्र्सना गर्दै निर्णय खारेज गर्न माग गरेको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले आज एक विज्ञप्ति प्रकाशित गरि नेकपा सरकारको १७ गते बसेको क्याबिनेट बैठकको निर्णयबाट संघीय लोकतान्त्रिक गणतन्त्र वाक्य हटाउनु भनेको छ । नेपाली जनताले ०६२/०६३ को दोस्रो जनआन्दोलन, १० बर्षे जनयुद्ध र संघीय आन्दोलन (मधेश, लिम्बुवान, थरुहट) को बलमा स्थापना भएको गणतन्त्रलाई ०७२ को संविधानमा नेपाल “संघीय लोकतान्त्रिक गणतन्त्र” भनेर प्रष्ट लेखिएको छ तर वर्तमान नेकपा सरकारले नेपाली जनताको मर्म र भावना विपरित गम्भीर कदम चालेको प्रति मञ्चले बिरोध गरेको हो ।

विज्ञप्तिमा विभिन्न देशहरुको उदाहरण दिदै राजालाई गद्दीच्यूत गरिएका देशको नाम अगाडि गणतन्त्र लेख्ने विश्वव्यापी मान्यता भएको हुँदा सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतलाई रिपब्लिक अफ इन्डिया भनिन्छ । त्यसैगरी सन् १९४९ मा चीनमा राजतन्त्रको अन्त्य भएपछि चीनलाई पिपल्स रिपब्लिक अफ चाइना भनिन्छ । त्यसैगरी सन् १९१७ मा रुसको जनक्रान्तिले त्यहाँको राजालाई हटाएपछि रुसलाई यूनियन अफ सोभेन्ट सोसियोलिस्ट रिपब्लिक भनेर चिनिन्छ । त्यसैगरी जर्मनीमा सन् १९१८ मा त्यहाँको क्रान्तिले राजालाई हटाएपछि अहिले फेडेरल रिपब्लिक अफ जर्मनी भनिन्छ । त्यसैगरी इरानमा सन् १९७९ मा इस्लामिक क्रान्ति पछि २७ सय बर्षमा पुरानो राजतन्त्रको हटाएपछि इस्लामिक रिपब्लिक अफ इरान भनिन्छ । त्यसैगरी अफगानिस्तानमा सन् १९७३ मा भएको विद्रोहले राजा अपदस्थ गरेपछि अहिले इस्लामिक रिपब्लिक अफ अफ्गानिस्तान भनेर चिनिन्छ । त्यसैगरी नेपालमा पनि विभिन्न चरणको क्रान्ति पश्चात राजतन्त्रको अन्त्य भई फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल भनिएको भनी विज्ञप्तिमा उल्लेख गरेको छ ।

अध्यक्ष लिङ्देनले विश्वका विभिन्न देशहरुले राजतन्त्र र तानाशाही जनक्रान्ति पश्चात हरेक देशहरुले आफ्नो नामको अघि गणतन्त्र लेख्दै आएका छन् र नेपालले पनि त्यहि मान्यता अनुरुप “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” लेख्दै आएको हो । तर केपी ओली सरकारले हठात् रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने जुन निर्णय गरेको छ यो नेपाली जनक्रान्ति र गणतन्त्रको बिरुद्धमा छ उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा यो अति घातक र प्रतिगमनकारी निर्णय हो भएको हुँदा यो निर्णय तुरुन्त खारेज गर्न जोडदार माग गरेका छन् ।

त्यसैगरी अध्यक्ष मिराकले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गर्न सम्पूर्ण नेपाली जनता एक हुन आग्रह गरेका छन् भने वर्तमान केपी ओली सरकारको पार्टीलाई दिनुभएको भोटको प्रायश्चित गर्न अनुरोध गरेका छन् ।

विज्ञप्ति 

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहमा पठाएकाे परिपत्र हेर्नुहोस् तल

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...