दमककी लमु तामाङको मृत्यु कोरोनाबाट भएकाे हाेइन परिवार

 लिम्बुवान न्युज
                       

दमक । कोरोना संक्रमणबाट झापा दमककी एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको समाचार प्रति परिवारले गुनासो गरेका छन् ।

दमक ८ घर भएकी ६५ वर्षिया लमु तामाङको मृत्यु कोरोनाबाट मृत्यु भएको भनी सञ्चारमाध्यममा प्रकाशित,प्रसारित समाचार प्रति मृतकका परिवारले आपत्ति जनाएका हुन् । दमकको आम्दा अस्पतालमा लामो समय काम गरेर अवकास भएकी उनको गत आइतवार विराटनगरको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 

उपचार अघि गरिएको पिसिआर परीक्षणमा संक्रमण देखिएपनि उपचारका क्रममा भने रिपोर्ट नेगेटिभ देखिएको थियो । उपचारका क्रममा विरामीको मृत्यु भएपछि दमक नगरपालिकाको स्वास्थ्य शाखाले मृतकलाई संक्रमणबाट नै मृत्युभएको सार्वजनिक गरेको थियो । स्वास्थ्य शाखाका कुवेर भट्टराईले प्राविधिक भूलवस हुन पुगेको भन्दै सुधार गरिएको प्रष्टयाए । ती मृतकलाई कोरोना संक्रमणवाट मृतकको सूचिवाट हटाइएको उनले जनाए । दमकमा हालसम्म संक्रमणवाट १८ जनाको ज्यान गएको छ ।यसैवीच, मृतकको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । मृतकका छोराछोरी हाल वेलायत रहेकाले आए लगत्तै अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...