दमकमा निषेधाज्ञासहित बन्द गरिनु पर्ने उद्योगी व्यवसायीहरुको निश्कर्ष

,   लिम्बुवान न्युज
                       

दमक। दमकका उद्योगी व्यवसायीहरुले दमकमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेको भन्दै तत्कालका लागि निषेधाज्ञासहितको पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरेको छ ।

दमक उद्योग वाणिज्य संघले साेमबार गरेको छलफलपछि नगरपालिकालाई सुझाव दिने निर्णय गरेको हो । संघका अध्यक्ष गोकुल श्रेष्ठले दमकमा संक्रमण भयावह अवस्थामा रहेका कारण दिनानुदिन संक्रमितहरुको मृत्यु भइरहेकाले संघको कार्यालयमा संघको कार्यसमिति,सल्लाहकार समिति, बस्तुगत संघका प्रतिनिधी तथा भूतपूर्व अध्यक्षहरु समेतको उपस्थितिमा गरिएको छलफलपछि त्यस्तो निर्णय गरिएको बताए ।

संघले दमक क्षेत्र उच्च जोखिममा रहेका कारण हाल उत्पन्न जोखिम न्यूनिकरण गर्नका निमित्त केही समयका लागि यस दमक क्षेत्र भित्र पसल व्यवसाय लाई मात्र बन्द गर्ने गराउने खालको लकडाउन नभई पुर्ण रुपमा वन्दा वन्दि हुने गरि निषेधाज्ञा जारी गर्नेू पर्ने निष्कर्ष निकालेको हो । संघले संक्रमितको संख्या अत्याधिक मात्रमा बढी रहेका कारण औषधी उपचारको अभावबाट संक्रमितको मृत्यु भइरहेको समेत निष्कर्ष निकाल्दै आवश्यक मात्रामा अक्सिजन,आइसियु तथा भेन्टीलेटर र आवश्यक स्वस्थ्य उपचारको प्रवन्ध मिलाउन पनि माग गरेको छ ।

संघले निजी क्षेत्रसंग समेतको सहकार्यमा त्यस्तो प्रवन्ध मिलाउन सकिने प्रस्ताव समेत गरेको छ । संघले कोभिड १९ को संक्रमणको जोखिमबाट सतर्कता अपनाउनका लागि गरिने जस्तो सुकै कार्यका लागि पनि संघको तर्फबाट साथ सहयोग र समन्वय गर्न सकिने पनि उल्लेख गरेको छ ।

यसैबीच दमक नगरपालिकाले अहिले राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला पक्षहरुसंग दमकमा बन्दा बन्दी गर्ने बिषयमा राय सुझाव संकलन गर्न अन्तरक्रियात्मक छलफल जारी राखेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;