दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक। धिमाल जातीय विकास केन्द्रमा महाधिबेशनको विषयलाई लिएर संस्थामा आरोपप्रत्यारोप शुरु भएको छ ।
गत कार्तिक १३ देखि १५ गते सम्म दमकमा हुने भनिएको छैठौ राष्ट्रिय महाधिबेशनलाई लिएर मनमुटाव शुरु भएको हो । २०५० सालमा स्थापित संस्था धिमालहरुको एक मात्र जातीय संस्था हो ।
मुख्यतय संस्था भित्र सत्तारुढ नेकपा र नेकपा बाहेकका पार्टीहरु बीचको समूहले महाधिबेशनको विषयलाई लिएर आन्तरिक द्वन्द सार्वजनिक भएको हो । दुवै समूह सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
यसैवीच आज दमकमा महाधिबेशन आयोजक समिति समेत रहेको वर्तमान केन्द्रीय समितिले पत्रकार सम्मेलन गरि सहज वातावरण आउन साथ महाधिबेशन सम्पन्न गरिने स्पष्ट पारेको छ । सहमतिमा नै महाधिबेशन स्थगित गरिएको र तर केहि व्यक्ति र समूहले भने संस्था विरुद्धनै खनिएको अध्यक्ष तेजबहादुर धिमालले वताएका छन् । उनले भने, –‘जातिय संस्था भित्र राजनीति छिराउने काम हुँदैछ, त्यसले कसैलाई हित गर्देन’ ।
संस्थाको ७ सदस्यीय सल्लाहकार समिति मध्ये पूर्व अध्यक्ष लोकबहादुर, रामबहादुर, नगेन्द्र वहादुर, मोहन र रतनबहादुर धिमालले गत कातिक १५ गते बैठक बसेर महाधिबेशन गर्न असक्षम भएको भन्दै अव विधान अनुसार सल्लाहकार समितिले महाधिबेशन गर्ने निर्णय गरेपछि विवाद सतहीमा आएको हो । केन्द्रीय समितिको मातहतमा रहेको सल्लाहकार समितिले महाधिबेशनको विषयलाई लिएर गरेको निर्णय विधान बमोजिम नभएको महासचिव केदार धिमालकको जिकीर छ । उनले भने,–‘ कोरोना जोखिमका कारण सहमतिमै महाधिबेशन स्थगित गरिएपनि अहिले यसलाई लफडा बनाउन खोज्नु राम्रो होइन्’
२०७३ फागुन १३ देखि १५ गते सम्म चलेको पाँचौ महाधिबेशनले तेजबहादुरको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो । तीन वर्षे कार्यकाल रहने समितिले गत साउन ३१ गते छैठौं राष्ट्रिय महाधिबेशन दमकको रोयल पार्टी प्यालेसमा गर्ने निर्णय गरेको थियो । महाधिबेशन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिएपनि कोरोना असहजका कारण स्थगित गर्नु परेको महाधिबेशन आयोजक समितिको दावी छ ।
महाधिबेशन उद्घघाटन सत्रको तयारी भईरहदा स्थानीय प्रशासन र उपस्थित प्रतिनिधिहरुको अनुरोधका कारण महाधिबेशन स्थगित गरिएको भएपनि अहिले महाधिबेशन गर्न नसक्ने असक्षम, निस्कृय आयोजक समितिलाई हस्तक्षेप गरि सल्लाहकार समितिको अगुवाईमा महाधिबेशन गर्ने भनी गरिएको निर्णयले समग्र धिमालहरुमाथि चोट पुगेको अध्यक्ष तेजबहादुरको दावी छ । उनले अनावश्यक हल्लाको पछि नलाग्न आम धिमाल समुदायसँग आनुरोध समेत गरे । हामी धिमालहरुको एकता, सहकार्य कायम गर्न प्रतिवद्ध भएको उनले प्रष्ट पारे ।
झापा र मोरङ्गमा रहेका आदिवासी धिमालहरु करिव ५० हजारका हाराहारीमा छन् । तर २०६८ को जनगणनामा भने धिमालहरुको जनसंख्या २६ हजार २ सय ९८ मात्र रहेको उल्लेख छ । जातीय संस्थाले भने ती दुई जिल्लाका १० स्थानीय तह र चार जिल्लासम्म आफनो संगठन विस्तार गरिसकेको छ । महाधिबेशनमा तीनै जिल्ला, स्थानीय तह, १०३ वटा गाँउटोल सहित ८ वटा भातृ संस्था गरि ४२८ जना प्रतिनिधि रहेका थिए ।
नेतृत्वमा लोकबहादुर र कृष्ण
जातिय संस्थामा राजनीति पार्टीले समेत आफनो पकड बनाउन चाहेका कारण पार्टी भित्रका धिमाल अगुवाहरु नेतृत्वका लागि खुलेर लाग्दैआएका छन् । वर्तमान केन्द्रीय समितिमा कांग्रेस, जनता समाजवादी पार्टीको बाहुल्यता छ । त्यसैले सत्तारुढ नेकपा भने अवको नेतृत्व आफनो वनाउन कसरतमा जुटेको छ । महाधिबेशनमा दुवै समूहले आ–आफना प्यानलनै वनाएर उम्मेदवार सार्वजनिक समेत गरिसकेका थिए ।
नेकपा निकटका धिमालहरुले पूर्व अध्यक्ष लोकबहादुर फेरि अध्यक्ष उठाएका छन् भने कांग्रेस, जनता समाजवादी निकटका धिमालहरुले भने कृष्णबहादुर धिमाललाई उम्मेदवार वनाएका थिए । दुवै प्यानलले आफनो टिम बनाएर धिमालहरु वीच पुगिसकेका थिए । सामाजिक व्यक्तित्व कृष्णबहादुर दमक ४ स्थित कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक समेत हुन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...