दमकमा कोभिड अस्पतालकाे शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा कोरोना बिरामीहरुलाई लक्षित गरि कोभिड उपचार केन्द्रको शुभारम्भ भएको छ । लामो समयदेखि उद्घाटनको तयारीमा रहेको केन्द्रको दमक २ बेलडाँगीमा प्रदेशसभा सदस्य अर्जुन राईले आज उद्घाटन गरेका हुन् ।

अब कोरोना पोजेटिभ भएका कम्तिमा पनि ३० जनासम्मलाई यहाँ उपचार गर्न सकिने नगरपालिका उपमेयर तथा दमक अस्पताल संचालक समिति अध्यक्ष गीता अधिकारीले बताएकी छन् । उनले ‘यो अस्पताल दमक अस्पताल मातहत समेत रहने बताए ।’

पछिल्लो समय झापाको दमकमा कोरोना संक्रमण दिनानुदिन बढ्ने क्रम बढेसँगै सुरक्षामा चुनौती थपिएको हुँदा कोभिड नियन्त्रण रोकथाम तथा ब्यवस्थापनमा दमक नगरपालिका लागि परेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए । उनले –अब कोभिड उपचार केन्द्र सञ्चालनमा आएको हुँदा नगरपालिकाले यसलाई सुविधा सम्पन्न बनाउदै लैजाने पनि जनाए ।

केन्द्रको उदघाटन समारोहमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णराज कोईराला, नगरका राजनीति दलका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्व र नगरका जनप्रतिनिधि लगायतको पनि उपस्थिति रहेको थियो ।

यहाँ ५ वटा एचडियु सेवा पनि रहने भएको हुँदा स्वास्थ्यमा गम्भिर समस्या आउन खोजेका विरामीलाई  यो वार्डमा राखेर उपचार गरिने नगर अन्तर्गत स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...