पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

 लिम्बुवान न्युज
                       

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष,एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक ऋषि धमलालाई कोरोना संक्रमण भएको छ ।

अाइतबार गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पत्रकार धमलाका अनुसार उनमा कोरोनाको कुनै लक्षण थिएन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले जनाए । र, आज रिपोर्ट पोजेटिभ आएको हो ।

उनी हाल होम–आईसोलेशनमा बसेका छन् । उनले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुकबाट आफूलाई काेराेना संक्रमण भएको जानकारी गराएका हुन् ।

 

 

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...