दमकका संक्रमित पाष्टर भट्टराईको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक। कोरोना भाइरसको संक्रमणवाट दमकमा आज थप एक पुरुषको मृत्युभएको छ । मोरङको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचाररत दमक १ निवासी ४२ बर्षिय डम्बर भट्टराईको आज विहान मृत्युभएको हो ।

मृतक दमक इसाई समाज दमकका पूर्व कोषाध्यक्ष तथा पाष्टर हुन् । दमक इसाई समाजका अध्यक्ष आकाश थुलुङ राईका अनुसार मृत्यु हुने पाष्टर भट्टराई दमकस्थित नाजरिन मण्डलीका पाष्टरको रुपमा कार्यरत थिए ।

उनलाई गत कार्तिक ७ गते संक्रमण देखिएको थियो । यससंगै दमकमा संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

सम्बन्धित समाचार

याक्थुङ युवा मञ्च भक्तपुर जिल्ला गठनः अध्यक्षमा आसमती साम्सोहाङ्

ललितपुर, २९ भदौं । भक्तभुर सुर्यविनायक नगरपालिकास्थित कटुन्जेमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । आसमती साम्सोहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा...

दमकस्थित भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टहरुमा भेटिए अखाद्यय सामग्री

दमक, २९ भदौं । नेपालकै सबैभन्दा ठूलो सुपरचेन भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टमा अखाद्यय सामग्री पाइएको छ । हेर्दा चटक्क परेको टल्किएको यो फूट कोर्टमा सजिएको चौविसैघण्टा एसी चलाइएको छ । आकर्षक रुपमा सजाइएको कुर्सी, टेवल...

अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङलाई

दमक/ ईसाई समाज दमकले दमकमा आयोजना गरेको प्रदेशस्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ इसाई समाज पाँचथरले जितेको छ । शुक्रबार सम्पन्न दोस्रो संस्करणको सो फुटसल प्रतियोगिताको फाइनलमा धरान इसाई समाजलाई पेनाल्टीमा हराउँदै मिक्लाजुङले उपाधि...

महासंघ झापाले दियो स्व. पत्रकार पाठक परिवारलाई एक लाख सहयोग

दमक, २८ भदाैं । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले...