आईपीएलमा सन्दीपकाे टिम दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा
सोमबार, २४ कार्तिक, २०७७ दिउँसोको ०१:५३ बजे,
लिम्बुवान न्युज
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा पहिलो पटक सन्दीप लामिछानेकाे टिम दिल्ली क्यापिटल्स प्रवेश गरेको छ ।
आइतबार राति शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा अब्दुल समादले ३३ रन जोडे भनेदा राशिद खानले ११ रन बनाए ।
यसैगरि मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए भने जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए ।
हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिदा मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।
यस अघि दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यसैगरि शिम्रन हिटमायर ४२ रनमा अविजित रहे भने मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए ।
हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए । अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।
धरान। नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेकोप्रति संघीय लिम्बुवान मञ्च नेपालले आपत्ति जनाएको छ । आज मञ्चले धरान उपमहानगरका प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डमा आउनुअघि सञ्चालित एकीकृत सहरी विकास आयोजना...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । आज भएको तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता स्वरुप प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका...
दमक। जेसिज अभियानका गतिविधि, बिधिको शाषन, सकारात्मक र सभ्य समाज निर्माणमा युवाको भुमिका लगायतका बिषयबस्तु समेटिने गरी दमक जेसिजले साप्ताहिक रुपमा आधा घण्टाको रेडियो कार्यक्रम शुरु गर्ने भएको छ । दमक जेसिजका अध्यक्ष सुयोग खरेल...
लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा)नेपालको झापा जिल्ला पार्टी समायोजन कार्य पूरा भएको जनाएको छ । जसपा नेपाल झापा जिल्ला पार्टी समायोजन गर्न केन्द्रीय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर पार्टी समायोजनको...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
टेलिफोन
फोन नं. ०२३-५८१८९१
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८०७९२९१११
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२