दमकमा लगातार कोरोना संक्रमितको मृत्यु , आज फेरि १ थपिए

 लिम्बुवान न्युज
                       

दमक। कोरोना संक्रमणबाट दमकमा दिनानुदिन मृत्युहुनेको संख्या थप हुँदै गएको छ । आज ५ः३० बजे दमक ५ का खड्का थरका एक ८६ वर्षीय वृद्धाको मृत्यु भएको छ ।

होम आइसोलेनमा बसेर उपचार गराइरहेका वृद्धालाई कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार मात्र दमक ६ का ४५ वर्षीया कार्की थरकी महिलाको मृत्यु भएको थियो । उनको विराटनगरको विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

उनका अनुसार ती महिलालाई हिजो मंगलवार सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २६ पुगेको छ त्यसैगरी जिल्लामा मृत्यु हुनेको संख्या ७२ पुगेको जनाइएको छ ।

यसैवीच पछिल्ला समय झापामा संक्रमण तीव्र फैलिदै गएको छ । दमकमा आज थप ३७ जना संक्रमित थपिएका छन् । जिल्ला भित्र ८५ संक्रमित थपिएका मध्ये दमकमा संक्रमण धेरै देखिएको हो । हाल सम्म दमकमा ६९१ जनामा संक्रमण देखिएको छ भने ३६६ जना उपचार पछि घर फर्किएका छन् ।

यता दमक २ वेलडाँगीमा आइतवारदेखि सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा ४ जना संक्रमित उपचाररत रहनुभएको स्वास्थ्य शाखाले जनाएको छ ।

 

सम्बन्धित समाचार

जसपा नेपालको १ नं. प्रदेश अधिवेशन भदौ २७ र २८ मा हुने

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ अधिवेशन भदौ २७ र २८ मा हुने भएको छ । जसपा नेपाल प्रदेश नं १ समितिको आइतबार सम्पन्न कार्यकारिणी बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति...

राष्ट्रिय मुक्ति पार्टीकाे ३१ पदाधिकारीका नाम सार्वजनिक

ललितपुर, २० साउन । राजेन्द्र महतो नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टीले ३१ पदाधिकारी सार्वजनिक गरेकाे छ । ३ बरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ जना महासचिव सहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको पदाधिकारी टुंगाे लागेकाे हाे । काठमाडाैंस्थित...

लिम्बु चलचित्रकर्मीहरूकाे स्मारिका ‘मुन्चइत्’को विमोचन

ललितपुर, १८ साउन । लिम्बु चलचित्रकर्मीहरुको स्मारिका 'मुन्चइत्'को विमोचन भएको छ | सनिवार चुम्लुङहिम काठमान्डौमा याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो | वरिष्ट चलचित्रकर्मी नविन सुब्बाको...

‘झापा महिला गोल्डकप’ हुँदै

दमक, १६ साउन । झापामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। झापाकाे शिवसताक्षी ११स्थित नवनिर्मित दुधे रंगशालामा ‘झापा महिला गोल्डकप’ फुटबल हुने भएकाे हाे । खेल आगामी कार्तिक १५ देखि २२...