ढल्केबर ४०० केभी सब्स्टेसन शुचारु भएकोमा कुलमानले दिए बधाई

 लिम्बुवान न्युज
                       

काठमाडौं।  जनताले सरकारमाथि व्यापक दबाब दिए पनि नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक हुन नसकेका कुलमान घिसिङले आफ्नो कार्यकालमा सुरु भएको आयोजनाबारे बोलेका छन् ।

देशमा जारी दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउने कार्यमा घिसिङको ठूलो भूमिका रहेको भन्दै जनताले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न सरकारमाथि विभिन्न आन्दोलन र प्रदर्शन गर्दै दबाब दिएका थिए ।

आफ्नो पक्षमा देश विदेशमा प्रदर्शन हुँदा घिसिङ प्रायः मौन बसेका थिए । हाल प्राधिकरणमा घिसिङको पुनःनियुक्ति हुने सम्भावना पूर्णतः टरिसकेको छ ।

सरकारले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याइसकेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै घिसिङलाई पुनःनियुक्ति गर्ने पक्षमा थिएनन् ।

नेपाली जनताको बिचमा लोकप्रिय बनेका घिसिङले हाल आफ्नो कार्यकालमा थालिएको महत्वपूर्ण आयोजना ‘ढल्केबर ४०० केभी सब्स्टेसन’बारे सामाजिक सञ्जालबाट बोलेका हुन् ।

आज उनले आफ्नो सामाजिक संजालमा ढल्केबर सब्स्टेसन निर्माण कार्य सम्पन्न भएकोमा सबैलाई बधाई दिदै एउटा स्टाटस लेखेका छन् ।

‘ढल्केबर ४०० केभी सब्स्टेसन निर्माण सम्पन्न भई मुजफ्फरपुर ढल्केबर लाइन ४०० केभीमा सफल्तापूर्वक चार्ज भएकोमा आयोजना प्रमुख शुक्र देवकोटा र आयोजनाका टिम, पूर्व उ का का नि वज्रभुषण चौधरी, माननीय मन्त्री, सचिव, सञ्चालकहरु, कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीहरुमा हार्दिक बधाई,’ घिसिङले लेखेका छन्, ‘यो सब्स्टेसन नेपालको पहिलो ४०० केभी, पहिलो जिआईएस सब्स्टेसन, पहिलो ठूलो क्रसबोर्डर सब्स्टेसन, नेपालको लगानीमा नेपाली प्राविधिकहरुको डिजाइन र सुपरभिजनमा बनेको हुनाले पनि अत्यन्त महत्वपूर्ण छ ।’

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...