ढल्केबर ४०० केभी सब्स्टेसन शुचारु भएकोमा कुलमानले दिए बधाई

 लिम्बुवान न्युज
                       

काठमाडौं।  जनताले सरकारमाथि व्यापक दबाब दिए पनि नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक हुन नसकेका कुलमान घिसिङले आफ्नो कार्यकालमा सुरु भएको आयोजनाबारे बोलेका छन् ।

देशमा जारी दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउने कार्यमा घिसिङको ठूलो भूमिका रहेको भन्दै जनताले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न सरकारमाथि विभिन्न आन्दोलन र प्रदर्शन गर्दै दबाब दिएका थिए ।

आफ्नो पक्षमा देश विदेशमा प्रदर्शन हुँदा घिसिङ प्रायः मौन बसेका थिए । हाल प्राधिकरणमा घिसिङको पुनःनियुक्ति हुने सम्भावना पूर्णतः टरिसकेको छ ।

सरकारले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याइसकेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै घिसिङलाई पुनःनियुक्ति गर्ने पक्षमा थिएनन् ।

नेपाली जनताको बिचमा लोकप्रिय बनेका घिसिङले हाल आफ्नो कार्यकालमा थालिएको महत्वपूर्ण आयोजना ‘ढल्केबर ४०० केभी सब्स्टेसन’बारे सामाजिक सञ्जालबाट बोलेका हुन् ।

आज उनले आफ्नो सामाजिक संजालमा ढल्केबर सब्स्टेसन निर्माण कार्य सम्पन्न भएकोमा सबैलाई बधाई दिदै एउटा स्टाटस लेखेका छन् ।

‘ढल्केबर ४०० केभी सब्स्टेसन निर्माण सम्पन्न भई मुजफ्फरपुर ढल्केबर लाइन ४०० केभीमा सफल्तापूर्वक चार्ज भएकोमा आयोजना प्रमुख शुक्र देवकोटा र आयोजनाका टिम, पूर्व उ का का नि वज्रभुषण चौधरी, माननीय मन्त्री, सचिव, सञ्चालकहरु, कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीहरुमा हार्दिक बधाई,’ घिसिङले लेखेका छन्, ‘यो सब्स्टेसन नेपालको पहिलो ४०० केभी, पहिलो जिआईएस सब्स्टेसन, पहिलो ठूलो क्रसबोर्डर सब्स्टेसन, नेपालको लगानीमा नेपाली प्राविधिकहरुको डिजाइन र सुपरभिजनमा बनेको हुनाले पनि अत्यन्त महत्वपूर्ण छ ।’

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...