पथरीशनिश्चरेमा नेपालमै पहिलो नगर लिग च्याम्पियन गरिँदै

 लिम्बुवान न्युज
                       

  • अर्जुन जम्नेली राई

राष्ट्रिय स्टाकाइकरसहित दर्जन बढी फुटबलर जन्माएका मोरङको पथरीशनिश्चरे नगरपालिकामा फुटबल इतिहासमै नयाँ आयाम थपिने भएको छ ।

स्थानीय युवाहरुले नगरमा ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग-२०७७’ गराएर फुटबल इतिहासमा नयाँ आयाम थप्न लागेका हुन् ।

लिग कम नकआउटको आधारमा हुने फुटबल प्रतियोगितामा नेपालको स्थानीय तहमै पहिलो भएको आयोजक युवाहरुको दाबी छ ।

नगरपालिकामा हुने पहिलो लिग च्याम्पियन प्रतियोगिता आगामी मंसिर अन्तिम सातादेखि हुने भएको छ । आज पथरीमा आयोजित पत्रकार सम्मेलनमा युवाहरुले भने, ‘आँट गरेका छौ, सबैको सहयोग चाहियो ।’

पथरीशनिश्चरे नगरमा यसरी फुटबल खेल क्षेत्रमा नयाँ आयाम थप्न संजिव गिरी, बिक्की राई (एम्पाएर), मनि सुब्बा, दीपक राई (ए डिभिजन स्टाइकर), दीपक पुलामी मगर (पूर्व चर्चित खेलाडी), भक्त राई, सुमन कुरुङ्बाङ्ग र नामहाङ्ग राई लागिपरेका हुन् ।

पथरीशनिश्चरे नगरमा लिग फुटबल गराउन आयोजक

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगले सर्बप्रथम खेलाडीको चाहाना बुझ्न १० वटै वडामा खेलाडी फारम वितरण ग¥यो । नगरभरि ३५० जना खेलाडीले आफू लिग खेल्न चाहेको लिखित चाहना व्यक्त गरे ।

खेलाडीको फारम वितरणसँगै फुटबल खेलाउन चाहने क्लब र लगानीकर्ताको पनि पहिचान गरिएको आयोजक पथरीशनिश्चरे फुटबल प्रिमियर लिगका संयोजक संजिव गिरीले बताए ।

फुटबल खेलाडी उत्पादन र पहिचान गर्ने मुख्य उदेश्य राखेर आयोजना हुन लागेको लिग सफल गराउन प्रतियोगितामा कतिवटा क्लब सहभागी हुन्छन् र लगानीबारे पनि सँगै अध्ययन गरेको आयोजक समितिका सचिव मनि सुब्बाले जानकारी दिए ।

पहिलो लिग च्याम्पिएल प्रतिष्प्रर्धा गर्न १३ वटा क्लबले फारम बुझायो । यद्यपि, आयोजककाे पहिलो लिग आठ टिम मात्र भिडाउने योजना बनेकाे छ । लिगमा सहभागी हुने क्लब सञ्चालकहरुको सहभागितामा खेलाडीहरुको प्रस्तुति हेर्न कात्तिक २२ गते ३५० जना खेलाडीको प्रदर्शनी खेल गरिएको थियो । क्लबको डाक बढाबढमा सबै खेलाडी राखिएको थियो ।

खेलाडीहरुको स्किल देखाउन भएको प्रदर्शनी खेलपछि प्रतियोगितामा प्रतिष्प्रर्धा होस् भन्ने उदेश्यले आयोजनकले नै क्लबहरुलाई एक-एक जना मार्की प्लेयर (स्टार खेलाडीहरु) दिएका छन् ।

यो सिजनमा खेल्ने खेलाडीहरुको ३ देखि ८ हजार मुल्य तोकिएको छ । खेलाडीको स्तर हेरेर आयोजक समितिले नै आठ हजार, सात हजार पाँच सय, सात हजार र तीन हजार मुल्य तोकिदिएको हो ।

प्रतियोगिता प्रतिष्प्रर्धा होस् भन्ने उदेश्यले हरेक क्लबले आठ, साढे सात र सात हजार मुल्यका दुई दुई जना खेलाडीहरु दामासायीमा लिनुपर्ने छ । तीन हजारदेखि आठ हजारका खेलाडीहरु डाक बढाबढमा छान्ने काम पनि कात्तिक २७ गते सकिएको छ ।

डाक बढाबढमा एउटै खेलाडी पर्दा गोला प्रथाबाट क्लबलाई खेलाडी वितरण गरिएको आयोजक समिति सदस्य भक्त राईले बताए ।

आठ वटा क्लवहरुले १८ जनाको दरले खेलाडी लिइसकेका छन् । जसमध्ये यो सिजनामा १४४ खेलाडीले खेल्ने अवसर पाएका छन् ।

खेलाडी प्राप्त गरिसकेका क्लबहरुले लिग जित्न आफ्नै ढंगले खेलाडीको स्किल डेभलप गर्न तालिम दिनेछन् । स्किल डेभलपको तालिम र खेलाडीहरुले लिगमा आफ्नो प्रस्तुति देखाउने पाउने भएकोले फुटबल खेलाडीहरुको बिकास हुने आयोजककाे विश्वास छ ।

आठ वटा टिमलाई दुई वटा पोलमा विभाजन गरेर लिग गराइनेछ । आ-आफ्नो पोलमा हरेक क्लबले तीन-तीन वटा क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

लिगको हरेक खेल जित्ने क्लबले ३ र बराबरी हुँदा १ अंक प्राप्त गर्नेछन् । लिग चरणमा बढी अंक ल्याउने दुबै पोलको दुई-दुई गरी चार टिमलाई नकआउट खेलाएर च्याम्पिएन छानिने फुटबलर समेत रहेका आयोजक समिति सदस्य दीपक राईले बताए । लिग च्याम्पियन क्लबले १ लाख ७५ हजार, दोस्रो हुनेले ७५ हजार, ट्रफी र प्रमाण पत्रहरु प्राप्त गर्नेछन् ।

यी हुन् पहिलो लिगमा भिड्ने क्लबहरु

पथरीशनिश्चरे नगरमा हुने पहिलो लिगमा हाइवे युथ क्लब, वाइजीएफटी, दि रियल ब्रोदर, हेरिका न्यु स्टार, १० नबोदय, सिरिजंङ्गा, देविगञ्ज र शिखर फुटबल क्लबहरु च्याम्पियनको लागि भिड्नेछन् ।

यी क्लबहरुको खेलाडी खरिद, खाजा पानी, जर्सी, बुट लगायतमा कम्तिमा २ लाख खर्च हुने हेरिका न्यु स्टार क्लवका रोहित बास्तोलाले बताए । क्लबमा लगानी गर्नेहरु स्थानीय व्यवसायी र फुटबल खेलप्रति चासो राख्ने व्यक्तिहरु रहेका छन् ।

पथरीमा फुबटबलको इतिहास

संघीय गणतन्त्र स्थापनापछि पथरीशनिश्चरे नगरपालिका पूर्वी मोरङको पथरी, शनिश्चरे र हसन्दह गाविस मिलेर बनेको नगरपालिका हो । नगरको सदरमुकाम साविक पथरी गाविसकाे पथरी बजार रहेको छ ।

यो क्षेत्रको फुटबल इतिहास हेर्दा ३५ बर्ष भन्दा लामो देखिन्छ । पथरीमा सन् १९८५∗ मा तत्कालीन केदार एङ्देन लिम्बूको नाम खगाडि आउँछ ।

लिम्बूको नेतृत्वमा पथरी फुटबल च्याम्पियन कप फुटबल प्रतियोगिता गराएर पथरीले जितेको ट्रफी सुरक्षित रहेको पथरीशनिश्चरे खेलकुद परिषदको अध्यक्षसमेत रहेका मनि लिम्बूले बताए । केदार लिम्बू वर्तमान वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देनको बुबा हुन् ।

त्यसपछि पथरीमा धेरै प्रतियोगिताहरु हुने नै भए । केदार एङ्देन लिम्बूपछि पथरीमा भीम सुब्बा र दीपक पुलामी मगर स्टार खेलाडीको रुपमा उदाए ।

यी दुई खेलाडीले नेपालको धेरै प्रतियोगिताहरुदेखि विभिन्न देशमा समेत खेल्न भ्याए । पूर्वी नेपालमा भीम सुब्बा र दीपक पुलामीको खेल हेर्न दर्शक आकर्षित हुन्थे ।

फुटबल खेल क्षेत्रकै विकासको लागि विस २०७० र २०७१ मा पथरीका युवा समाजसेवी धनकुमार तामाङको नेतृत्वमा ‘पथरी गोल्ड कप’ पहिलो र दोस्रो सफल भयो । यो प्रतियोगिताले पथरीमा खेलाडीको विकास मात्र गरेन पथरीलाई देशव्यापी रुपमा चिनाउने काम समेत ग¥यो ।

पथरीबाट उदायका खेलाडीहरु

पथरीका दीपक राई हाल ए डिभिजन क्लब मछिन्द्र क्लबका स्टाइकर हुन् । उनै दीपक राईले मछिन्द्रलाई गत सिजनको राष्ट्रिय लिग जिताएका हुन् । राई राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न क्लबमा आबद्ध भएर खेल्दै आएका स्टार खेलाडी हुन् ।

पथरीबाट उत्पादन भएका मिन धिमाल, साइमन लिम्बू नेपालकै चर्चित फुटबलर हुन् । ए डिभिजनमा आबद्ध यी खेलाडीहरु व्यवसायिक रुपमै खेल्दै आएका छन् ।

त्यसैगरी मनोज दाहाल अन्डर १६ को राष्ट्रिय टिमका गोल रक्षक हुन् । ‘बी’ भिडिजनमा सुबास तामाङ, सन्तोष न्यौपाने, लालबहादुर लिम्बू, युकेश तामाङ, मन्दिप धिमाल खेल्दै आएका छन् ।

‘सी’ डिभिजनमा निलम लिम्बू, बिशाल पाण्डे, मञ्जिल खड्का, मनोज गुरुङ खेल्दै आएका छन् भने असिम राई अन्डर १६ को राष्ट्रिय टिमबाट खेलेका खेलाडी हुन् ।

पथरीमा हुन लागेको पहिलो लिग खेलमा अधिकांश खेलाडीहरु आठवटा टिममा बाडिएर मैदानमा उत्रिनेछन् । प्रतियोगिता सफल गर्न करिव १२ लाख खर्च हुने आयोजक समितिको सदस्य दीपक राईले बताए ।

फुटबल खेल विश्वमा अधिकांशले चिनेको र मन पराएकाेमध्ये एक हो । फुटबलप्रति चासो राख्नेहरुप्रति विश्व कप होस् वा दक्षिण एसियन (विश्वको क्षेत्रीय गेमहरु) र राष्ट्रिय लिग तथा स्थानीय स्तरमा हुने गोल्ड कपहरु हुँदा चाडपर्वझैं रमाउने दर्शकको कमी छैन ।

आफ्नै नगरका खेलाडीहरुको विकास र फुटबल खेलको विकास गर्ने उदेश्यले आयोजना हुने लिग हेर्न पाउँदा कसलाई रमाइलो नहोला र !

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...