पूर्वाञ्चल दैनिकबाट किरात सिरीजङ्गा लिपिको सामाग्री पढ्न पाइने

 लिम्बुवान न्युज
                       

विर्तामोड। किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापा र झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिकाको सहकार्यमा किरात सिरीजङ्गा लिपिको सामाग्री प्रकाशन गर्ने सम्झौता भएको छ ।

बिर्तामोडस्थित पूर्वाञ्चल दैनिकको कार्लालयमा आज पूर्वाञ्चल दैनिक पत्रिकाको तर्फबाट सम्पादक एकराज गिरी र चुम्लुङ् शाखा झापाको तर्फबाट सेसेहाङ् फियाकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

किरात लिम्बू भाषा विकास, संरक्षण, सवर्द्धन र प्रवर्द्धन गर्दै जाने चुम्लुङको मूलभूत उद्देश्यलाई कार्यान्वयन गर्दै जानको निमित्त दुईपक्षबिच भएको सम्झौता फियाकले बताएका छन् ।

सम्झौता अनुसार आगामी मंसिर १ गतेदेखि लागू हुनेगरी महिनाको दुई पटक १ र १५ गते सामाग्रीहरु प्रकाशन गरिने जनाइएको छ । यो सम्झौता २ वर्षसम्म कायम रहने र यसको सम्पादक सेसेहाङ फियाक र सह–सम्पादकको रुपमा सेसेमी से–नाल्बो र डिल्लीश्वर मुसाहाङ् रहने पत्रिकाका सम्पादक एकराज गिरी बताए ।

पत्रिकामा किरात सिरीजङ्गा लिपिको माध्यमबाट समाचार, कथा, कविता, गीत, नाटक, उपन्यास, गजल, हाइकु लगायत विभिन्न आलेखहरू प्रकाशन हुने छ । दैनिक पत्रिकाको माध्यमद्वारा किरात सिरीजङगा लिपिमा नै समाचार पढ्न पाउँदा झापावासी लिम्बु समुदायहरु उत्साहित हुने संचार कर्मी डिल्लीश्वर मुसाहाङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...