आज तिहारको चौंथो दिन गाई र गोरुको एकैदिन पुजाँ गरिदै

 लिम्बुवान न्युज
                       

काठमाडौं ।  आज तिहारको चौथो दिन आजै हिन्दु धर्मावलम्बीहरूले विशेष गाईलाइ माताकाे रूपमा पुजा गर्छन् । त्यसैगरी आजै गोरुको पूजा पनि गरिँदैछ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने हिन्धु धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने प्रचलन सदियाै देखि चलिअाएको हो ।

आजैका दिन किसानहरूले हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिने चलन छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी मिठाेमिठाे खाना खुवाउने परम्परा समेत छ । त्यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । किरातीहरूले पनि बलिराजकाे हुकुम दिएकाे भन्दै बलिहाङ तङनाम मान्ने चलन छ । त्यसैगरी लिम्बु जातीहरूले पनि अाजकाे दिन नाम्लिङगेक लारिङगेक खेल्ने परम्परा छ ।

काठमाडाैंमा नेवार समुदायहरूले म्ह पूजा (आत्म पूजा) भने कात्तिक ३० गते गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको बताएकाे छ । आइतबार बिहान ११ः२७ बजेसम्म औंसी तिथि छ । नेवार समुदायले मान्ने म्हपूजा विशेष परम्पराका मान्ने चलन छ ।

तिहारको मुख्य दिन भनेकाे भाइटीका हाे । याे बर्शकाे भाइटीकाको उत्तम साइत साेमबार ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...