कतारमा लिम्बुवान सामाजिक मञ्चको फूटबल खेल सम्पन्न

,   लिम्बुवान न्युज
                       

कतार। कतारमा संगठित संस्थाको रुपमा सक्रिय संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति कतार अन्तरर्गतको खेलकुद विभागले बलिहाङ तङ्नाम (दिपावली), नेपाल सम्वत् , म्हःपुजा र छैटको अवसरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

१३ नोभेम्बरका दिन सलिसाम खेलकुद विभागद्वारा सम्पन्न उक्त खेलमा दोहा कतारमा रहेका २७ नेपाली फुटबल क्लबहरुको सहभागिता रहेको थियो । सो खेल CFC BLUE क्लव बिजेता र Limbuwan FC उपविजेता भएको छ ।

बर्वा बराहको खेल मैदानमा सम्पन्न सो खेलमा ट्रफी, नगद पुरस्कार, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, हाई स्कोरर, अनुशासित टिम, उत्कृष्ट रेफ्री, उत्कृष्ट डिफ्रेन्स, उत्कृष्ट मिड फिल्ड प्लेयर र म्यान अफ दी म्याच जस्ता पुरस्कारद्वारा खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।

CFC BLUE का क्याप्टेन अर्जुन लिम्बू उत्कृष्ट खेलाडी घोषित भए भने Limbuwan FC का गोल रक्षक अनिल तामाङ, उत्कृष्ट गोल रक्षक,Limbuwan FC का खेलाडी दिल्ली पराहाङ लिम्बू हाई स्कोरर, CFC RED का पूर्ण दनुवार उत्कृष्ट डिफेन्डर, Limbuwan FC का सगुन गुरुङ उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट रेफ्री प्रबिन राई र Trags Youth FC ले सबै भब्दा अनुशासित टिमको उपाधी पाएका थिए ।

खेलकुद विभाग प्रमुख खगेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सलिसा कतारका बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेकको उपस्थिति रहेको थियो भने प्रमुख सल्लाहकार देवि थेगुवा, उपमहासचिव सुजन पराहाङ, अर्थसचिव कुमार सिं योङ्हाङ, केन्द्रिय सचिवालय सदस्य मौसम लिङ्दम, अमिर लावती, अमृत कुरुम्बाङ, योगेश नेम्बाङ, डिकलाल लिङ्दम र तुलसी मिभक लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;