कतारमा लिम्बुवान सामाजिक मञ्चको फूटबल खेल सम्पन्न

 लिम्बुवान न्युज
                       

कतार। कतारमा संगठित संस्थाको रुपमा सक्रिय संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति कतार अन्तरर्गतको खेलकुद विभागले बलिहाङ तङ्नाम (दिपावली), नेपाल सम्वत् , म्हःपुजा र छैटको अवसरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

१३ नोभेम्बरका दिन सलिसाम खेलकुद विभागद्वारा सम्पन्न उक्त खेलमा दोहा कतारमा रहेका २७ नेपाली फुटबल क्लबहरुको सहभागिता रहेको थियो । सो खेल CFC BLUE क्लव बिजेता र Limbuwan FC उपविजेता भएको छ ।

बर्वा बराहको खेल मैदानमा सम्पन्न सो खेलमा ट्रफी, नगद पुरस्कार, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, हाई स्कोरर, अनुशासित टिम, उत्कृष्ट रेफ्री, उत्कृष्ट डिफ्रेन्स, उत्कृष्ट मिड फिल्ड प्लेयर र म्यान अफ दी म्याच जस्ता पुरस्कारद्वारा खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।

CFC BLUE का क्याप्टेन अर्जुन लिम्बू उत्कृष्ट खेलाडी घोषित भए भने Limbuwan FC का गोल रक्षक अनिल तामाङ, उत्कृष्ट गोल रक्षक,Limbuwan FC का खेलाडी दिल्ली पराहाङ लिम्बू हाई स्कोरर, CFC RED का पूर्ण दनुवार उत्कृष्ट डिफेन्डर, Limbuwan FC का सगुन गुरुङ उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट रेफ्री प्रबिन राई र Trags Youth FC ले सबै भब्दा अनुशासित टिमको उपाधी पाएका थिए ।

खेलकुद विभाग प्रमुख खगेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सलिसा कतारका बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेकको उपस्थिति रहेको थियो भने प्रमुख सल्लाहकार देवि थेगुवा, उपमहासचिव सुजन पराहाङ, अर्थसचिव कुमार सिं योङ्हाङ, केन्द्रिय सचिवालय सदस्य मौसम लिङ्दम, अमिर लावती, अमृत कुरुम्बाङ, योगेश नेम्बाङ, डिकलाल लिङ्दम र तुलसी मिभक लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

इनिसा विकलाई न्याय माग गर्दै दमकमा विद्यार्थीको प्रदर्शन

दमक, २ चैत्र । इनिसा विकलाई न्याय दिनु पर्ने माग गर्दै झापाको दमकमा विरोध प्रदर्शन भएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।...

रास्वपाले ५७ जना समानुपातिक संसदकाे नाम टुंगो लगायाेः आजै आयाेगमा बुझाउँदै

ललितपुर, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हाे । पार्टी...

नेकपा एमालेले टुंग्गायो १६ समानुपातिक सांसदको नाम

ललितपुर, १ चैत्र । नेपाली कम्यूनिस्ट पाटी (एमाले)ले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले टुंगो लगाएको हो । पार्टी...

संघीयता र पहिचानको आन्दोलन संस्थागत नभए सडकबाट खबरदारी गर्नेः संयुक्त पहिचानवादी मोर्चा

दमक, २९ फाल्गुन । नेपालको बदलिदो राजनीति मार्फत जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै संयुक्त पहिचानवादी मोर्चाले शुभकामना दिएको छ । मोर्चाका संयोजक...