नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेवार जाती भित्रका केही थरीहरूले आज पनि भाइटीका लगाउँदैछन् । याे वर्ष दुइ दिन नै  द्वितीया तिथि रहेकाले विहानकाे समयसम्म भाइटीका लगाउन लागिएको हो ।

त्यसैले आज पनि नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

मंसिर १ गते नै धेरैले भाइटीका लगाएता पनि केहीले आज लगाउने भएकाेले अथवा १ गते नलाउनेले लगाउने छन् ।

रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै भाइटीकालाई लक्षित गरी  खुल्ला गरिएको छ ।

बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुले पूजा गरी टीका लगाउने चलन सदियाैं देखि चलिअाएकाे हुँदा  मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...