हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास

 लिम्बुवान न्युज
                       

भद्रपुर / कचनकवलको बनियानी चोकलाई आदिबासीहरुले हुकाहुकी चोक नामाकरण गरेका छन् ।

केही व्यक्तिले हुकाहुकी चोक नामाकरणलाई लिएर विरोध गरिरहेका बेला त्यही ठाउँमा हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास समेत गरिएको हो ।

करिव ९ महिनाअघि स्थानीय आदिबासी समुदायले बनियानी चोकलाई हुकाहुकी चोक नामाकरण गर्दै त्यहाँ साइनबोर्ड राखेका थिए । तर त्यसको विरोध गर्दै केही गैर आदिबासीहरुले छेउमै बनियानी चोक भनेर अर्को बोर्ड राखे पछि विवाद उत्पन्न भएको थियो । आदिवासी जनजाति महासंघको संयोजकत्वमा बृहत् मोटरसाइकल र्याली गरी बिधिवत रूपमा हुकाहुकी स्तम्भको शिलान्यास गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव नित्यानन्द ताजपुरिया रहेका थिए । कार्यक्रममा बहुल राष्ट्रिय मोर्चा संयोजक तथा संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वा, कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरी राजबंशी, नेकपा प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ३ इन्चार्ज पुष्प पोखरेल, नेकपा प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ३ सह—इन्चार्ज डिल्ली घिमिरे (हिक्मत), कोचिला एकता मोर्चा संयोजक दिनेशचन्द्र राजबंशी, कोच समुदायका अगुवा तुलाराम राजबंशी, गनगाइ कल्याण परिषदका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गणेश, कोचिला गाभुर फ्रन्ट अध्यक्ष अभय राजबंशी, राजबंशी समाज विकास समिति कचनकवल अध्यक्ष रतनलाल राजवंशी, सचिव कनकप्रसाद राजबंशीलगायतको उपस्थितिमा हुकाहुकी स्तम्भको शिलान्यास गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव ताजपुरियाका साथै बहुल राष्ट्रिय मोर्चा संयोजक तथा लिम्बुवान पार्टी अध्यक्ष पालुङ्गवा, नेकपाका डिल्ली घिमिरे (हिक्मत), गनगाई कल्याण परिषदका सन्तोषकुमार गणेश,मनोरथ राजबंशी, मोतिलाल राजबंशी, फुलचन्द्र गणेशलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम नेपाल आदिवासी जनजाती मंचका कचनकवल गाउँपालिकाका अध्यक्ष कर्णबहादुर राजबंशीको अध्यक्षतामा भएको थियाे ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...