भद्रपुर / कचनकवलको बनियानी चोकलाई आदिबासीहरुले हुकाहुकी चोक नामाकरण गरेका छन् ।
केही व्यक्तिले हुकाहुकी चोक नामाकरणलाई लिएर विरोध गरिरहेका बेला त्यही ठाउँमा हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास समेत गरिएको हो ।
करिव ९ महिनाअघि स्थानीय आदिबासी समुदायले बनियानी चोकलाई हुकाहुकी चोक नामाकरण गर्दै त्यहाँ साइनबोर्ड राखेका थिए । तर त्यसको विरोध गर्दै केही गैर आदिबासीहरुले छेउमै बनियानी चोक भनेर अर्को बोर्ड राखे पछि विवाद उत्पन्न भएको थियो । आदिवासी जनजाति महासंघको संयोजकत्वमा बृहत् मोटरसाइकल र्याली गरी बिधिवत रूपमा हुकाहुकी स्तम्भको शिलान्यास गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव नित्यानन्द ताजपुरिया रहेका थिए । कार्यक्रममा बहुल राष्ट्रिय मोर्चा संयोजक तथा संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वा, कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरी राजबंशी, नेकपा प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ३ इन्चार्ज पुष्प पोखरेल, नेकपा प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ३ सह—इन्चार्ज डिल्ली घिमिरे (हिक्मत), कोचिला एकता मोर्चा संयोजक दिनेशचन्द्र राजबंशी, कोच समुदायका अगुवा तुलाराम राजबंशी, गनगाइ कल्याण परिषदका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गणेश, कोचिला गाभुर फ्रन्ट अध्यक्ष अभय राजबंशी, राजबंशी समाज विकास समिति कचनकवल अध्यक्ष रतनलाल राजवंशी, सचिव कनकप्रसाद राजबंशीलगायतको उपस्थितिमा हुकाहुकी स्तम्भको शिलान्यास गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव ताजपुरियाका साथै बहुल राष्ट्रिय मोर्चा संयोजक तथा लिम्बुवान पार्टी अध्यक्ष पालुङ्गवा, नेकपाका डिल्ली घिमिरे (हिक्मत), गनगाई कल्याण परिषदका सन्तोषकुमार गणेश,मनोरथ राजबंशी, मोतिलाल राजबंशी, फुलचन्द्र गणेशलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल आदिवासी जनजाती मंचका कचनकवल गाउँपालिकाका अध्यक्ष कर्णबहादुर राजबंशीको अध्यक्षतामा भएको थियाे ।
ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...
ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...
दमक, ७ भदाैं । ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा सीता पिरती , मणि सेम्बु...
दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...