मोरङको पाटी गाउँमा म्याराथुन प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

  • कबिन तुम्बापो लिम्बु

मोरङ । मोरङको केराबारी गाउँपालिका–१, पाटीगाउँमा पहिलो पल्ट दौड (मिनी म्याराथुन) प्रतियोगिता सन्चालन हुने भएको छ ।

खेलकुदको माध्यमबाट नयाँ पुस्ताका युवाहरुमा सकरात्मक परिवर्तन ल्याउने हेतुले मिनी म्याराथुन प्रतियोगिता गर्न लागेको हो ।

अहिले विश्व नै कोभिड–१९ (कोरोना भाइरस) को कारण आक्रान्त बनेको र खेलकुद क्षेत्र .पनि अस्त ब्यस्त भएको छ । यस्तो विसम परिस्थितिमा सन्चालन गरिने प्रतियोगिता यस ठाउँको लागि पहिलो, नौलो र उर्जाशिल हुने आयोजक सदस्य डेभिड लिम्बुले बताए ।

यस दौडमा १५ देखि ४० बर्ष उमेर पुगेका महिला, पुरुषले सहभागिता जनाउन पाउने छन् । सहभागी पुरुष खेलाडिले ५ कि.मि. दौडनु पर्ने छ । जसको लागि पाटी गाउँबाट सुरु गरेर किरातेश्वर फाल्गुनन्द माङ्हिम पुगे पछि पुनः सोही सुरुवाती ठाउँमा पुग्नु पर्ने छ ।

त्यस्तै महिला खेलाडीले ४ कि.मि. दौडनु पर्ने छ । जसको लागि पाटी गाउँबाट सुरु गरेर कुमाल इभान्जलिकल चर्च पुगे पछि पुनः सोही सुरुवाती ठाउँमा पुग्नु पर्ने छ ।

सहभागी पुरुष महिला दुबै तर्फका प्रतियोगीलाई समान रुपमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम हुनेले नगद रु. ५००० रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र, द्धितीय हुनेले नगद रु.३००० रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद रु.२००० रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस यता दशौं स्थानसम्म हाशिल गर्ने सबै प्रतियोगीहरुलाई प्रमाण पत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका थुप्रै म्याराथुन दौडमा सहभागिता जनाएर नेपाललाई पदक समेत दिलाएका खेलाडी किरण लिम्बुको संयोजकत्वमा म्याराथुन दौड सन्चालन गर्न लागेको हो । यस दौड मंसिर ५ गते सन्चालन हुने छ । सल्लाहकार सुक्र आङ्देम्बे, किरण लिम्बू, डेभिड लिम्बू, बिपुल मगरले आयोजना गर्न लागेका हुन ।

केराबारी–१ का वडाध्यक्ष चन्द्रसिंह लिम्बुको प्रमुख आतिथ्य र समाजसेवि, बुद्दिजिवी र राजनितिक ब्यक्तित्वहरुको उपस्थितिमा खेल सुचारु गर्ने राज सानू चबेगुले बताए ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...