बंगलादेशसँग अन्तिम खेलमा नेपालको बराबरी

,   लिम्बुवान न्युज
                       

झापा । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन । नेपालका अग्रपंक्तिका खेलाडी डरलाग्दो आक्रमण गर्न चुकेका थिए ।

तर, खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो । यस्तै बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरे ।

रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि उत्कृष्ट आक्रमण गर्न सकेन । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा भने बंगलादेशले नेपाललाई २-० ले हराएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

(एजेन्सीकाे सहयाेगमा)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;