नरदल फेजङ ‘रानीटारे पुजारी’ को देहावसान

 लिम्बुवान न्युज
                       

दमक। किरात धर्मका एक विद्दत व्यक्तित्व मानिने  नरदल फेजङ नेम्बाङ (रानीटारे पुजारी)को निधन भएकाे छ । आज  बिहान उनकाे ७९ वर्षको उमेरमा निधन भएको हाे ।

महागुरु फाल्गुनन्दसंग बाल्यकालमा पटक पटक भेटघाट गर्नुका साथै महागुरुकै कारण पनि किरात धार्मिक कार्यमा आजीवन लाग्नुभएका उनलाई यही कारण महागुरुका जीवित चेला भनेर समेत सम्बोधन गर्ने गरिन्थ्यो।
किरात साम्जीक मुन्धुमका साथै किरात इतिहासविद इमानसिं चेम्जोङसँगको सामिप्यताले किरात इतिहासबारे तथा किरात ज्योतिषविद रनधोज नेम्बाङको संसर्गले किरात ज्योतिषमा समेत राम्रो पकड रहेका उनको जीवन किरात धार्मिक, परोपकारी तथा सामाजिक कार्यमा नै बित्यो।

पान्थरको रानीटारमा बसोबास गर्ने उनको पछिल्लो समय शारीरिक अस्वस्थतामा घर मानै बितेको थियो। अत्यन्तै मिलनसार, मृदुभाषी, विचारमा अडिग, विविध विषयमा गहिरो ज्ञान भएका उनकाे निधनले किरात धर्मले एउटा अभिभावक गुमाएकाे छ ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...