नेकपाकाे सचिवायल बैठक १३ गते बस्ने, केन्द्रीय समिति बैठक सर्‍यो

 लिम्बुवान न्युज
                       

काठमाडाैं। नेकपा सचिवालयकाे बैठक १० दिन पर सरेकाे छ ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको लिखित दस्तावेजलाइ ‘काउन्टर’ दिने छुट्टै प्रस्ताव ल्याउने भएका छन् । आज बसेको बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएका हुन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको बताएका छन् । साे सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।

यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए । यस्तै उनले साे बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र  १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक भने २५ गते  सारिएको बताएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...