दमक/झापाको दमकमा हाल सम्म २८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना महिला र २० जना पुरूष रहेका छन ।
बुधबार सम्ममा कोरोना संक्रमित कूल अाठ सय ४२ जना मध्ये चार सय ८२ जना संक्रमण मुक्त भएका छन ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो साझ दमक २ का ८६ बर्षिय एक पुरुषको मृत्यु भएसंगै नगरमा संक्रमित मृतकको संख्या २८ पुगेको हो । संक्रमण भएका मध्ये तीन सय ३२ जना हाल उपचारका क्रममा रहेका छन । यसैबीच दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा हाल पाँच जना बिरामीकाे उपचार भइरहेकाे स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिएका छन् ।
Related