दमकमा एक जना कोरोना संक्रमितको मृत्यु, रेडजाेन बन्दै

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमक प्रदेश नं. १ मा काेराेनाकाे रेडजाेन बन्दै गएकाे छ ।  आज बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ । मृत्यु हुनेमा दमक ९ का ७० बर्षिय बल बहादुर धिमाल रहेका छन् ।

उनकाे केही दिनदेखि स्वास्थ्य समस्याका कारण वि एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेकाे थियाे साेही समयमा उनमा कोरोना संक्रमण देखिएको थियो ।

उनलाई स्वास्थ्यमा सुधार नआएपछि हिजो मात्रै घर ल्याइएको थियो । आज बिहान २ बजे अाफ्नै निवासमा उनको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । नगरपालिकाले नगरवासीहरूलाइ सुरक्षित रहन अग्रह गरिरहेता पनि दमक काेराेनाकाे रेडजाेन बन्दै गएकाे यहाँका बुद्दिजिवीहरू बताउँछन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...