दमक । झापाको दमक प्रदेश नं. १ मा काेराेनाकाे रेडजाेन बन्दै गएकाे छ । आज बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ । मृत्यु हुनेमा दमक ९ का ७० बर्षिय बल बहादुर धिमाल रहेका छन् ।
उनकाे केही दिनदेखि स्वास्थ्य समस्याका कारण वि एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेकाे थियाे साेही समयमा उनमा कोरोना संक्रमण देखिएको थियो ।
उनलाई स्वास्थ्यमा सुधार नआएपछि हिजो मात्रै घर ल्याइएको थियो । आज बिहान २ बजे अाफ्नै निवासमा उनको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।
योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । नगरपालिकाले नगरवासीहरूलाइ सुरक्षित रहन अग्रह गरिरहेता पनि दमक काेराेनाकाे रेडजाेन बन्दै गएकाे यहाँका बुद्दिजिवीहरू बताउँछन् ।
Related