श्रीमती हत्या अभियाेग लागेका भण्डारी जेल चलान

 लिम्बुवान न्युज
श्रीमती हत्या अभियाेग लागेका भण्डारी जेल चलान

झापा / श्रीमतीलाई हत्या गरेकाे अभियाेग लागेका झापा कमल गाउँपालिकाका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ ।

झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाएको हो । उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो ।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो । हत्या भएको तीन दिनपछि प्रहरीले घरबाटै मनमायाका श्रीमान् भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।

गौरादह १ मा घरमै रहेका वेला मनमायाको बिभत्स हत्या भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी उनको हत्या गरिएको थियोे ।

 

सम्बन्धित समाचार

२०७८ सालमा हुने राष्ट्रिय जनगणनामा किरात धर्म लेख्न चुम्लुङकाे अपिल

ललितपुर। किरात याक्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जात/जाति, मातृभाषा र पुर्खाको भाषामा ‘लिम्बु’ र धर्मको महलमा ‘किरात’ लेख्न/लेखाउन लिम्बु समुदायसँग अपिल गरेको छ । चुम्लुङले राजनीतिक तथा सांस्कृतिक आन्दोलन अघि बढाउनका लागि समेत...

विश्वको १०० जना प्रभावशाली महिलाको सूचिमा नेपाली चेली सपना रोका मगर

काठमाडाैं। राम्राे काम गरेपछि तारिफ हुन्छ नै त्यसैले हाेला विश्वको १०० जना प्रभावशाली महिलाको सूचिमा नेपाली चेली सपना रोका मगर पर्न सफल भएकी छन् । बेलायतकाे ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले तयार गरेको यस वर्षको १००...

दमककाे भ्यू टावरसँगै झापाका योजनाहरुको गरे शहरी विकास मन्त्री श्रेष्ठले निरिक्षण

दमक। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन...

मंसिर ९ देखि कक्षा १२ काे परीक्षा शुरू हुँदै, झण्डै १८ हजारले होम सेन्टरबाट परीक्षा नदिने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा मंगलबार देखि सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । देशभरिकाे ४ हजार १ सय पाँचवटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् । तर सबै विद्यार्थीले...