उद्याेगीहरू चुनावी मैदानमा, बरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधान आ-आफ्नाे प्यानल नै बनाएर भिड्दै

,   लिम्बुवान न्युज
                       

दमक/ नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि हुने साधारणसभा तथा चुनावी अधिवेशनले देशका सबै जिल्लामा उद्याेगी व्यवसायीहरूलाइ तताएको छ ।

महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्षनै स्वत अध्यक्ष हुने भएकाे हुँदा अध्यक्षमा ब. उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष बन्नेछन् । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका दुई जनाले आ-आफनो प्यानलनै बनाएर सक्रिय रुपमा देशव्यापी रूपमा खटिरहेका छन । वरिष्ठ उपाध्यक्षमा दुइ उम्मेद्वार चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित नै उम्मेदवारी दिएका छन् ।

आगामी अध्यक्षको लागि वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान चुनावी मैदानमा उत्रेका हुन् । ढकाललाई पूर्व अध्यक्षहरू र वर्तमान पदाधिकारीको समर्थन छ भने प्रधानलाई पनि पूर्व अध्यक्ष पशुपति मुरारका लगायतको प्रतिष्ठित व्यवसायीहरूकाे समर्थन छ ।

यहि मंसिर  ११, १२ र १३ गते काठमाण्डौमा हुने साधारणसभा र चुनावले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष तथा ५९ कार्यकारिणी समिति सदस्य चयन गर्नेछ । समितिकाे सदस्यमा हरेक प्रदेशबाट एक/एक जना गरी ७ जना, जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट १७ जना, वस्तुगत समितिमध्येबाट १४ जना र एशोसिएट्स सदस्यमध्येबाट १९ जना चयन हुनेछन् । राष्ट्रिय उद्योग वाणिज्य संघ र महासंघका संस्थापक मध्येबाट एक–एक जना कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् ।

वस्तुगत क्षेत्रतर्फ चन्द्रप्रसाद ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोरकुमार प्रधान समूहबाट अञ्जन श्रेष्ठले उम्मेदवारी दिएका छन् । उमेशलाल अहिलेको कार्यसमितिमा पनि वस्तुगत उपाध्यक्ष नै छन भने अञ्जन हाल उद्योग समितिको सभापति छन ।
यस्तै ढकाल समूहबाट वस्तुगततर्फको कार्यकारिणी समिति सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।

प्रधान समूहका वस्तुगत तर्फको सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैह्रे, दिपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, महेशलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे र सुनिलगोपाल श्रेष्ठले पनि उम्मेद्वारी दिएका छन् ।

ढकाल प्यानलको जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामिया लगायतले उम्मेदवारी दर्ता गराएका छन् भने यस प्यानलबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसकेका छन् । त्यस्तैगरी एशोसिएट्सतर्फ ढकाल प्यानलबाट उपाध्यक्षमा रामचन्द्र संघई तथा सदस्यमा अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्की लगायतले उम्मेद्वारी दिएका छन् ।

प्रधान प्यानलबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठसहित सदस्यमा अरुणराज सुमार्गी, अशोक अमात्य, तारानाथ घिमिरे, उमेश घिमिरे, रामेश्वर मानन्धर, अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया, देवकुमार श्रेष्ठ र मंगलसिंह ठगुन्नाले उम्मेदवारी दिएका छन् ।
प्रधानको टिमबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योति तथा एशोसियटको कार्यकारी सदस्यमा विजयसिंह वैद्य, रन्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टेमानी, सुनिलनारायण श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, प्रवलजंग पाण्डे, सन्दीप गाडिया, हेमन्त गोल्छा, शक्ति बेगानी, उदीप श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;