गाैतमबुद्ध रंगशाला निर्माणमा पहिलो पाइलाको सहयोग

,   लिम्बुवान न्युज
                       

दमक।  झापाकाे दमकमा केही बर्ष अघिबाट क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपालले चितवनमा धुर्मुसी सुन्तली फाउण्डेशनको 
संयोजकत्वमा जनस्तरबाट निर्माणाधिन अन्तराष्ट्रिय गाैतमबुद्ध रंगशाला निर्माणका लागि ३० हजार रुपैया सहयोग गरेको छ ।

रंगशाला निर्माणमा सहयोग पु्र्याउने उद्धेश्यले संस्थाका सदस्यहरूबाट संकलित सो सहयोग रकम फाउण्डेशनलाई प्रदान गरिएको अध्यक्ष दिपक खडकाले जानकारी दिएका छन् ।

अध्यक्ष खड्कासहित संस्थाका सल्लाहकार एवं पदाधिकारी, सदस्यहरुको टोली आज बिहान निर्माणाधिन रंगशालामा पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।

फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर गरिरहेको सो महत्वपूर्ण काममा निर्माण स्थलमै पुगेर सहयोग गर्न पाउदा संस्थाका सदस्यहरुले खुशी व्यक्त गरेकाे अध्यक्ष खड्काले बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;