दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक । दमकको आम्दा अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि दिएपछि गर्भवती महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ ।
शुक्रबार साँझ सामान्य टाउको दुख्यो भनेपछि अस्पताल ल्याइएकी मोरङ शनिश्चरे १ की ३४ वर्षिया मनिता नेपालीको केहीबेरमै मृत्यु भएको थियो । टाउको दुख्यो भनेपछि उनका श्रीमान् प्रकाश शंकरले पैदलनै ल्याएर अस्पतालको आकस्मिक कक्षमा साँझ ७ः३० बजे भर्ना गरेका थिए ।
आकस्मिक कक्षका चिकित्सकले औषधि लेखिदिएर विरामीका श्रीमान् प्रकाशले लिन जान खोज्दा नर्सले रोेकेर अस्पतालमै भएको औषधि चलाएको १० मिनेटमै विरामीको मृत्यु भएको थियो ।
घटनापछि गलत औषधि दिँदा विरामीको मृत्यु भएको भन्दै परिवारले कार्वाही र क्षतिपूर्तिको माग गरेका छन् । त्यस विषयमा अस्पताल प्रशासन र मृतक परिवारबीच छलफल भएकाे थियो । यो समचार तयार पार्दासम्म अस्पताल प्रशासन र मृतक परिवार बिच वार्ताको माध्यमबाट समस्या समाधान भएको मृतकका छिमेकी राज आङ्थुपोले जानकारी दिएका छन् । उनले मृतकका छोरोलाई अस्पतालले निशुल्क पढाउने साथै मृतकको अन्त्येष्टी गर्न रकम उपलब्ध गराउने लिखित सहमती भएको जनाए ।
मृतक महिला ८ महिनाको गर्भवती थिइन् । उनलाई आम्दा अस्पतालमै केही महिनादेखि नियमित चेकजाँच गराउँदै आइरहेकाे मृतकका श्रीमान् प्रकाशले बताएका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...