आम्दा अस्पताल दमकमा गर्भवती महिलाको मृत्यु, गलत औषधी दिईएको परिवारको आरोप

 लिम्बुवान न्युज
                       

दमक । दमकको आम्दा अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि दिएपछि गर्भवती महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ ।
शुक्रबार साँझ सामान्य टाउको दुख्यो भनेपछि अस्पताल ल्याइएकी मोरङ शनिश्चरे १ की ३४ वर्षिया मनिता नेपालीको केहीबेरमै मृत्यु भएको थियो । टाउको दुख्यो भनेपछि उनका श्रीमान् प्रकाश शंकरले पैदलनै ल्याएर अस्पतालको आकस्मिक कक्षमा साँझ ७ः३० बजे भर्ना गरेका थिए ।

आकस्मिक कक्षका चिकित्सकले औषधि लेखिदिएर विरामीका श्रीमान् प्रकाशले लिन जान खोज्दा नर्सले रोेकेर अस्पतालमै भएको औषधि चलाएको १० मिनेटमै विरामीको मृत्यु भएको थियो ।

घटनापछि गलत औषधि दिँदा विरामीको मृत्यु भएको भन्दै परिवारले कार्वाही र क्षतिपूर्तिको माग गरेका छन् । त्यस विषयमा अस्पताल प्रशासन र मृतक परिवारबीच छलफल भएकाे थियो । यो समचार तयार पार्दासम्म अस्पताल प्रशासन र मृतक परिवार बिच वार्ताको माध्यमबाट समस्या समाधान भएको मृतकका छिमेकी राज आङ्थुपोले जानकारी दिएका छन् । उनले मृतकका छोरोलाई अस्पतालले निशुल्क पढाउने साथै मृतकको अन्त्येष्टी गर्न रकम उपलब्ध गराउने लिखित सहमती भएको जनाए ।

मृतक महिला ८ महिनाको गर्भवती थिइन् । उनलाई आम्दा अस्पतालमै केही महिनादेखि नियमित चेकजाँच गराउँदै आइरहेकाे मृतकका श्रीमान् प्रकाशले बताएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...