बिर्तामोड नगरप्रमुख शिवाकोटीलाई कोरोना पुष्टि

,   लिम्बुवान न्युज
                       

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज शनिबार पोजेटिभ आएको हो ।

प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ ।

बिर्तामोड नगरपालिकामा शनिबार प्रमुख शिवाकोटी सहित ८ महिला र ५ पुरुष गरी १३ जनामा काेराेना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;