मुटु रोगी जीनाले उपचारका लागि गरिन सहयोगकाे अपिल

 लिम्बुवान न्युज
                       

दमक । भनिन्छ, मान्छेलाई ऋण लागोस्, दीन नलागोस् । तर इश्वर पनि यति निर्दयी हुने रैछ गरिव दुःखीलाई दुःख माथी झन दुःख दिन्छ ।

सामान्य आर्थिक अवस्था भएको र दैैनिक ज्यालादारी गरेर गर्जो टार्दै आएका दमक ७, संरक्षण टोलमा बस्दै आएका सञ्जय मुदेन्सङ साबाको परिवारमा विगत ४ वर्ष अगाडि बज्रपात पर्यो । उनकी साइली छोरी जीना मुदेन्सङलाई मुटु रोगले ग्रसित भए । त्यस यता मुदेन्सङ परिवारमा विपतीको दिन सुरु भयो ।

कक्षा ६ मा पढ्दा पढ्दै मुटु रोगले ग्रस्त भएपछि जीनाको अध्ययनमा असर परेको छ । अझै बाच्ने र पढेर केही गर्ने सोच बोकेका जीना बाच्न चाहान्छिन् । तर, अहिले उनको अवस्था मुटु दुखाईको पिडाहरुले जिउदो लास जस्तो भएको छ ।

विगत ४ वर्ष अगाडि दमक फार्मेसीमा गंगालाल हृदय रोग केन्द्रबाट आएका डा. चन्द्रमणी अधिकारीले जीनालाई मुटुको भल्वमा प्वाल परेको जानकारी गराएका थिए । तर आर्थिक अभावको कारणले मुदेन्सङ दम्पत्ति छोरीको उपचार गर्न अस्पताल लान सकेनन् । डा. अधिकारीले सिफारिस गरेको औषधिको सेवनले दुखाई कम भएको र स्वास्थ्यमा केही सुधार भएको थियो ।

केही महिना यता विश्व भरीनै महामारकिो रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा लकडाउन भयो । जसले गर्दा रोजिरोटी गुम्यो र दैनिक जीवनमा ठुलै असर पार्यो । त्यसैले गर्दा जीनाले सेवन गर्दै आएको औषधि किन्न नसकेर औषधि छुट्न पुग्याे । त्यसपछि जीनालाई बिरामले च्यापदै लग्यो, अहिले अवस्था निकै विकराल भएको छ ।

हाल विराटनगर स्थित नेवेल अस्पतालमा उपचार गराई रहेका जीनाको जीवन बचाउनको लागि परोपकारी मन भएका देवत्व मानिसहरुलाई सहयोगका लागि अपिल गरेकि छिन् ।

ताप्लेजुङको सान्थाक्रा स्थायी घर भई हाल दमक ७, संरक्षण टोलमा बस्दै आएका जीनाको उपचारका निम्ती सहयोग गर्न चाहानुहुने महानुभावहरुले एनआइसी एसिया बैंकमा रहेको विनय कुमार फागुको एकाउन्ट नम्बर ३४८७८२०५८०५२४००१ मा उपचार सहयाेग जम्मा गर्न वा बिरामीका बाबा सञ्जय मुदेन्सङ साँबा सम्पर्क ९८०४९५१५७५, दिदीः झरना साँबा ९८०७९१२५६५ त्यसैगरी बिक्रम फागो वनेम ९८२४९७२९६६ र ९८६६८९०२९९, निवाहाङ थेबे ९८०३०५७१९९, आन्छुमे नसान ९८४४६०२९३८ र ज्ञानु केदेम ९८४४६०४४५६ हरूसँग सम्पर्क गर्न समेत अनुराेध गरेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...