मुटु रोगी जीनाले उपचारका लागि गरिन सहयोगकाे अपिल

,   लिम्बुवान न्युज
                       

दमक । भनिन्छ, मान्छेलाई ऋण लागोस्, दीन नलागोस् । तर इश्वर पनि यति निर्दयी हुने रैछ गरिव दुःखीलाई दुःख माथी झन दुःख दिन्छ ।

सामान्य आर्थिक अवस्था भएको र दैैनिक ज्यालादारी गरेर गर्जो टार्दै आएका दमक ७, संरक्षण टोलमा बस्दै आएका सञ्जय मुदेन्सङ साबाको परिवारमा विगत ४ वर्ष अगाडि बज्रपात पर्यो । उनकी साइली छोरी जीना मुदेन्सङलाई मुटु रोगले ग्रसित भए । त्यस यता मुदेन्सङ परिवारमा विपतीको दिन सुरु भयो ।

कक्षा ६ मा पढ्दा पढ्दै मुटु रोगले ग्रस्त भएपछि जीनाको अध्ययनमा असर परेको छ । अझै बाच्ने र पढेर केही गर्ने सोच बोकेका जीना बाच्न चाहान्छिन् । तर, अहिले उनको अवस्था मुटु दुखाईको पिडाहरुले जिउदो लास जस्तो भएको छ ।

विगत ४ वर्ष अगाडि दमक फार्मेसीमा गंगालाल हृदय रोग केन्द्रबाट आएका डा. चन्द्रमणी अधिकारीले जीनालाई मुटुको भल्वमा प्वाल परेको जानकारी गराएका थिए । तर आर्थिक अभावको कारणले मुदेन्सङ दम्पत्ति छोरीको उपचार गर्न अस्पताल लान सकेनन् । डा. अधिकारीले सिफारिस गरेको औषधिको सेवनले दुखाई कम भएको र स्वास्थ्यमा केही सुधार भएको थियो ।

केही महिना यता विश्व भरीनै महामारकिो रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा लकडाउन भयो । जसले गर्दा रोजिरोटी गुम्यो र दैनिक जीवनमा ठुलै असर पार्यो । त्यसैले गर्दा जीनाले सेवन गर्दै आएको औषधि किन्न नसकेर औषधि छुट्न पुग्याे । त्यसपछि जीनालाई बिरामले च्यापदै लग्यो, अहिले अवस्था निकै विकराल भएको छ ।

हाल विराटनगर स्थित नेवेल अस्पतालमा उपचार गराई रहेका जीनाको जीवन बचाउनको लागि परोपकारी मन भएका देवत्व मानिसहरुलाई सहयोगका लागि अपिल गरेकि छिन् ।

ताप्लेजुङको सान्थाक्रा स्थायी घर भई हाल दमक ७, संरक्षण टोलमा बस्दै आएका जीनाको उपचारका निम्ती सहयोग गर्न चाहानुहुने महानुभावहरुले एनआइसी एसिया बैंकमा रहेको विनय कुमार फागुको एकाउन्ट नम्बर ३४८७८२०५८०५२४००१ मा उपचार सहयाेग जम्मा गर्न वा बिरामीका बाबा सञ्जय मुदेन्सङ साँबा सम्पर्क ९८०४९५१५७५, दिदीः झरना साँबा ९८०७९१२५६५ त्यसैगरी बिक्रम फागो वनेम ९८२४९७२९६६ र ९८६६८९०२९९, निवाहाङ थेबे ९८०३०५७१९९, आन्छुमे नसान ९८४४६०२९३८ र ज्ञानु केदेम ९८४४६०४४५६ हरूसँग सम्पर्क गर्न समेत अनुराेध गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;