बिल गेट्सलाई उछिन्दै एलन मस्क बने विश्वकै दोश्रो धनी

 लिम्बुवान न्युज
                       

काठमाडाैं। बिल गेट्सलाई पछिपार्दै एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् ।

संसारकै धनाढ्यहरूको सूचीमा माइक्राेसफ्ट कम्पनीका बिल गेट्सलाई भन्दा एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख गरेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई अघिल्लो हप्ता  मात्र पछि पारेका मस्कले मंगलबार उनकाे कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै धनाढ्यको सूचीमा दोस्रो स्थानमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा भएको द गार्डियनले जनाएको छ। अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन्।

त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट उक्लदै जुकरवर्ग थप एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्। बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर बढी रहेकाे छ ।

टेस्लाको सेयरमूल्य विगत केही हप्तादेखि लगातार उकालो लागिरहेको द गार्डियनले जनाएको छ ।

टेस्लाका उत्पादनको बढ्दो लोकप्रियतासँगै सेयर बजारमा आएको उछालका कारण उनको सम्पत्ति १०० अर्ब डलरभन्दा ज्यादा बढेको थियो। ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले उनको सम्पत्ति १२८ अर्ब डलर बराबर छ।

४९ वर्षीय मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान मात्रै पछाडि छन्। जोसेफको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ।

मस्कले टेस्लाको सेयर मूल्यको वृद्धि रफ्तार यसरीनै कायम रहन सकेकाे खण्डमा आगामी केही वर्षमै उनी संसारकै धनाढ्य बन्न सक्ने तथ्यांकले देखाएकोछ।

यसरी नै टेस्लाको सेयर मूल्य बढ्दै गए सन् २०२८ सम्ममा यो कम्पनी ६५० अर्ब डलर बराबरको कम्पनी बन्नसक्ने तथ्यांकले देखाएकाे द गार्डियनले भनेकाे छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...