महासंघकाे ५४औं साधारणसभाकाे आ उद्घाटन, १३ गते नयाँ समितिकाे निर्वाचन हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालकै सबैभन्दा प्रतिष्ठित संस्था उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ ।

साधारणसभाको उदघाटन भर्चुअल माध्यमबाट विहान साढे ११ बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । काेभिडको जोखिमका कारण उदघाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट नै गरिने महासंघले जनाएको छ । बन्दसत्र भने १२ गते हुनेछ । १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने महासंघले जनाएकाे छ ।

महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा चुनाव हुनेछ ।

आगामी नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा आ-आफ्नाे प्यानलनै बनाएर उत्रिएका छन् । त्यसैगरी महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी प्रतिस्पर्धामा उत्रिएका छन् ।

महासंघले काेभिडकाे कारण निर्वाचनका लागि तीन स्थान तय गरिएको जनाएकाे छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन कार्यक्रम हुने छ ।

उद्योग वाणिज्य समूहलाइ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहका सदस्यहरूलाइ कार्की व्याङ्केट बबरमहलमा र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा भने बस्तुगत संघ समूहको मतदान गरिने व्यवस्था मिलाइएको छ । त्यसैगरी कोराना संक्रमित मतदाताहरुका लागि भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको महासंघकाे निर्वाचन सचिवालयले जनाएकाे छ ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन काेराेना संक्रमण तिब्र रूपले फैलिएका कारण स्थगित भएको थियो । त्यसपछि पनि लकडाउनका कारण पटक–पटक साधारणसभाको मिति तोकिए पनि  स्थगित हुँदै आएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...