दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चुनावी परिणामसँगै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । हिजो शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
विजय भएसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने बाटो खुलेको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछिको महासंघको नेतृत्व स्वत सम्हाल्नेछन् ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । यसैगरी ५० प्रतिशत मत भार रहेको जिल्ला(नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन् ।

शनिबार राति नै आएको मत परिणाम अनुसार महासंघको एसोसिएट्स तर्फको उपाध्यक्षमा ढकाल पक्षका रामचन्द्र संघइले बाजी मारेका छन् भने अन्य दुइ उपाध्यक्ष जिल्ला नगरतर्फ प्रधानपक्षका दिनेश श्रेष्ठ त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा प्रधानपक्षकै अञ्जन श्रेष्ठ विजयी भएका छन् । चुनावी नतिजा अनुसार दुवै प्यानलबाट मिश्रित रुपमा कार्यकारिणी सदस्यहरु निर्वाचित भएका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र मुनिका अन्य विभिन्न पदमा शनिबार मतदान भएको हो ।
नेपालमा प्रजातन्त्रको स्थापनासँगै २००८ र ०९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघ हुँदै २००९ सालमा नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संगठनको स्थापना भएको थियो । त्यसैलाई विकास गराउँदै वि. सं. २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा उद्योग वाणिज्य महासंघको स्थापना भएको थियो ।
उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि अहिले १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २०औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
महासंघको नयाँ नेतृत्वका लागि एक बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यहरुका लागि १२७ जना चुनावी मैदानमा उत्रिएका थिए । महासंघमा बस्तुगतमा १०१ जना, जिल्ला तथा नगरमा १०५ जना र एशोसिएट तर्फ ९०३ जना मतदाता रहेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...