चिनियाँ रक्षामन्त्री एक दिने औपचारिक भ्रमणमा आइपुगे काठमाडाैं

 लिम्बुवान न्युज
                       

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल एकदिने भ्रमणका लागि आइपुगेका छन् । केही समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलको चिनियाँ विशिष्ट पाहुना नेतृत्व गर्दै विशेष विमानबाट रक्षामन्त्री काठमाडौँ अवतरण गरेका हुन् ।

केही घण्टाका लागि नेपाल आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई विश्लेषकहरूले अर्थपूर्ण मानेका छन् ।

विमानस्थलबाट सिधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने त्यहाँ केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने कार्यक्रमकाे तालिका रहेकाे छ ।

पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने छन् र दिउँसो दुई बजे जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गर्ने छन् ।

त्यसपछि चिनियाँ रक्षामन्त्रीकाे टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय वार्ता हुनेछ ।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

शितल निवासमा राष्ट्रपतिलाई भेटेपछि उनी सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरि आजै स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...