किरात धर्मगुरू लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       

माङसेबुङ।  इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे ६७औं जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाले मंसिर १८ गते किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे जन्मोत्सवका दिन स्थानीयतहका सबै वाडहरू, स्कुल, स्वास्थ्य कार्यालय, वित्तिय, संघसंस्था सबै बन्द रहने जनाइएकाे छ ।

गाउँपालिकाले किरात धर्मावलम्बीहरूकाे गुरूकाे जन्माेत्सवमा विदा दिएकाेमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उथान संघले धन्यवाद प्रकट खुशी व्यक्त गरेका छन् ।

किरात धर्मगुरु लिङदेनबाट राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दका पूनः अवतारको रुपमा किरात धर्मलाइ विश्व सामु पुर्याउन महत्वपूर्ण योगदानको सम्मानस्वरुप हरेक बर्ष सार्वजनिक विदा दिइने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले बताउनुभयो ।

यस बर्ष धर्मगुरु लिङदेनको जन्मोत्सव १८ मंसिरमा कोरोना भाइरसका कारण आ आफ्नो क्षेत्रमा जन्मोत्सव मनाउन माङगेन्ना समितिले अनुराेध गरेका छन् भने माङसेबुङमा स्वास्थ्य मापदण्ड पुरा गरि मनाइने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;