किरातजन्य आठ संस्थाहरूले जनगणनामा ‘किरात धर्म’ लेख्‍न गरे संयुक्त अपिल

 लिम्बुवान न्युज
                       

काठमाडौं। आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात धर्म’ लेख्‍न विभिन्न आठ किरातजन्य संस्थाले संयुक्त अपिल गरेको छ ।

आठ किरातजन्य संस्थाको गठबन्धन किरात समन्वय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जनगणना २०७८ संयुक्त अपिल’ जारी गर्दै त्यस्तो अपिल गरेको हो ।

संयुक्त अपिलमा हायु, जिरेल, थामी, याक्खा, सुनुवार, लिम्बू र राई जातिका जातीय संस्थाका प्रमुखले हस्ताक्षर गरेका छन् । संयुक्त अपिलमा सुरेल जाति उत्थान समाज केन्द्रीय समितिका अध्यक्ष सुवास सुरेल, किरात हायु समाज केन्द्रीय समिति अध्यक्ष धनवहादुर हायु, जिरेल संघ नेपाल केन्द्रीय समिति अध्यक्ष टहलबहादुर जिरेल, नेपाल थामी समाज केन्द्रीय समिति अध्यक्ष सुखवीर थामी, किरात याक्खा छुम्मा केन्द्रीय समिति अध्यक्ष लिलबहादुर रोगु, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणवीर सुनुवारअध्यक्ष, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समति अध्यक्ष योगराज लिम्बु बनेम र किरात राई यायोक्खा केन्द्रिय समिति अध्यक्ष दिवस राईले हस्ताक्षर गरेका छन् ।

किरात समन्वय समितिले जात/जातिको महलमा आआफ्नो जाति, पूर्खाको भाषामा आआफ्नो भाषा, मातृभाषामा आआफ्नो मातृभाषा र दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा लेख्न लेखाउन अपिल गरेको छ ।

‘सुरेल’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘सुरेल’ नै लेख्न अपिल गरेको छ । ‘हायु’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘हायु’, ‘जिरेल’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘जिरेल’, ‘थामी’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘थामी’, ‘याक्खा’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘याक्खा’, ‘सुनुवार’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘सुनुवार’, ‘लिम्बू’ जातिलाई पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘लिम्बू’ र राईलाई  पुर्खाको भाषा र मातृभाषाको महलमा समेत ‘थरगत भाषाहरु’ लेख्न लेखाउन अपिल गरेको छ ।

राईको थरगत भाषाहरुमा वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ÷बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयू÷कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तवा, दुङ्माली, आठपहरिया, छिन्ताङ, छिलिङ/छुलुङ, फाङ्दुवाली, मुगा÷मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम/लिङखिम, देवासमध्ये कुनै एक लेख्न लेखाउन अनुरोध गरेको छ ।

सुरेल, हायु, जिरेल, याक्खा,थामी, सुनुवार, लिम्बु, राईलगायतले २०४८, २०५८ र २०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा समेत जातिको महलमा आआफ्नो जातिहरु, मातृभाषाको महलमा आआफ्नो मातृभाषाहरु, थरको महलमा आफ्नो थरहरु, धर्मको महलमा एकताको रुपमा ‘किरात’ धर्म लेखाएका थिए ।

नेपालमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी २०७८ जेठ २५ असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुन गइरहेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...