झापामा एककाे कुटेर हत्या, संलग्न तीन जना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक/ झापाको मेचीनगर ४ का ५० बर्षीय पूर्ण बहादुर प्रधानको हत्या भएकाे छ । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन ।

कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवस लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार आईतबार राती सवा ८ बजे सामान्य बादबिबादको बिषयलाई लिएर तीन जनाको समुहले प्रधानलाई निर्घात कुटपिट गर्दा घाईते भएका थिए । प्रधानको उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको थियो ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...