लिम्बु गीत ‘निङवा इगेक’को म्यूजिक भिडियोको छायाङकन सम्पन्न

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । लिम्बु भाषाको पालाम गीत ’निङ्वा इगेक’ को म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेको ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले गरेका हुन् ।

निरन्ता नेम्बाङको शब्द संकलन रहेको गीतलाई सुमन लिम्बू र स्वयम् नेम्बाङले स्वर दिएका छन् । सञ्जु थलङको शृङ्गार, इशाक जबेगुको छायाङकन र सम्पादन गरेका हुन् ।

पालाममा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना लिम्बू इङ्नाम, निङ्वा नेम्बाङ, सेखर इङ्नाम, प्रदिप इङनाम, प्रेम तामाङ, सुकमान इङ्नाम, दिलकुमार इङ्नाम, पुस्तिका इङ्नाम, कमला इङनाम, तारा इङ्नाम, मनिका इङ्नाम, दिल कुमार इङ्नाम,जोक मायाँ लिङ्देन, गोरी मायाँ इङ्नाम, कुलबहादुर इङ्नाम, श्यामबहादुर इङ्नाम र आयुस इङ्नाम लगायतको अभिनय गरेका छन् ।

गीतलाई चाडैनै सेवालुङ युटुब चानलबाट सार्वजनिक गरिने निर्देशक चेम्जोङ्ले बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...