भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी झापालाई

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । एफइ खुमलटार भेट्रान्सलाई पाखा लगाउँदै झापा भेट्रान्स फुटबल क्लब फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको विजेता बन्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झापाले बलियो टोली खुमलटारलाई २–१ गोलको अन्तरले हराउँदै उपाधी आफ्नो पोल्टामा पारेको हो। पहिलो हाफमा एक गोलले पछि परेपनि दोस्रो हाफमा झापाले दुई गोल फर्काएको थियो।

पहिलो हाफको २६औं मिनेटमा कप्तान नरेन्द्र लामाको गोल मार्फत खुमलटारले अग्रता बनायो। तर दोस्रो हाफमा वैकल्पिक खेलाडी श्यामकुमार गोलेले व्यक्तिगत दुई गोल गर्दै झापालाई पुनरागमन जित दिलाएका थिए।

यस् जितसँगै च्याम्पियन झापाले पुरस्कार स्वरुप पाँच लाख रुपैयाँ हात पारेको छ। खुमलटारले भने २ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;