लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को भिडियो छायाङकन

,   लिम्बुवान न्युज
                       

पान्थर, १७ कात्तिक । लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायाङकन मंगलबार सम्पन्न भएको छ । उक्त गीतलाई पान्थरका चर्चित युवा निर्देशक सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा उक्त गीतको छायांकन गरिएको छ । याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बाको रहेको छ भने छायाङकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृङ्गार अमृता जबेगुको रहेको छ ।

उक्त गीतलाई याक्थुङ फिल्मस युट्यूब चानलद्वारा सार्वजनिक गरिने भएको छ । भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ, बुद्धराज लिम्बू इङ्वा, सुबास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी सेर्मा, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा, भक्त खबा, रुकमान केरुङ, बर्षा खबास, दिपेस पयाङ्गु लिम्बू, राजकुमार नेम्बाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता जबेगु, अमृता जबेगु, सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन् ।

उक्त गीत एकदशक अगाडि ’नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;