दमकको शोरुमबाट छ जनाले टिभीएसको लाखौ उपहार जिते

 लिम्बुवान न्युज
                       

लिख संवाददाता, १७ कार्तिक । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले दशैतिहार उपहार कार्यक्रम अन्तर्गत दमकका ६ जनाले लाखौ रुपैयाँको उपहार जितेका छन् ।

उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता एएनए ट्रेड प्रालिमार्फत खरिद गरेका मोटरसाईकल तथा स्कुटी खरिदमा छ प्राइज सरप्रराइज अन्तर्गत ६ जनाले २५ हजार माथि १ लाखसम्म नगद उपहार प्राप्त गरेका हुन् ।

एएनए ट्रेड प्रालिका सञ्चालक गनबहादुर अधिकारीका अनुसार यसरी उपहार प्राप्त गर्नेमा दमकका मन्जल राईले १ लाख, दमककै रन्थु उराँवले ५० हजार, सुजन लुईटेलले २५ हजार उपहार प्राप्त गरेका छन् । देशभरिका डिलरमार्फत खरिद गरिएका मोटरसाइकल तथा स्कुटीको उपहार कार्यक्रम अन्तर्गत लक्की ड्र गर्दा दमकमार्फत उनीहरुले त्यतिका नगद उपहार जितेका हुन् ।

टिभीएस कम्पन्नीले सेप्टेम्बरदेखि नोनेम्भरसम्म तीन महिना सम्म प्रत्येक महिना लक्की ड्र गरि एक जना भाग्यमानीलाई आपाची आरआर ३१० सीसीको मोटरसाइकल प्रदान गर्दे आएको कम्पन्नीले जनाएको छ । त्यस कार्यक्रमबाट इलाम, चुलाचुलीकी खड्गीमाया आङदेम्बेले गत असोज १६ गते उक्त उपहार जितेकी थिइन् ।

यसैगरि, दमकको डिलरले दशैतिहार, छैठ पर्वको उपलक्ष्यमा आफना ग्राहकहरुका सुविधाका लागि नयाँ मोटरसाईकल, स्कुटी खरिदमा आर्कषक सुविधा उपलव्ध गराउदै आएको सञ्चालक अधिकारीले बताए । मोटरसाइकल, स्कुटी खरिदमा आर्कषक छुट, एक्सचेन्ज, फाइनान्सको समेत व्यवस्था सहित कम्तीमा ७ हजारसम्म स्कयाच उपहारसंगै हेल्मेट, सिटकभर, रेनकोट निशुल्क उपलव्ध गरिआएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...