दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १७ कार्तिक/युमा साम्यो महासभा नेपालले दमकमा नगर समिति गठन गरेको छ । बुधबार दमकस्थित युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेम फागोको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । भेलाले गजेन्द्र वनेम फागोको अध्यक्षतामा १४ सदस्यीय दमक नगर समिति चयन गरेको छ ।
त्यसरी नै समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः अम्बर सम्बाहाङफे, सुबास इजम, सुसिला लक्सम र सुक्र प्र. फागो चयन भएका छन् भने सदस्यहरुमा रत्न ब.वनेम फागो, सुरेन्द्र नाल्बो, डम्बर काम्बाङ, प्रेम फागो, टेक ब. वनेम फागो, मनिका वनेम फागो, अर्जुन फागो, पशुपति फागो र अरुणा योङहाङ चयन भएका छन् ।
त्यसै गरी सेरसिह योङहाङको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकारमा सिरि प्र.वनेम फागो, डम्बर वनेम फागो र नारायण वनेम फागो रहेका छन् । कार्यक्रममा आउँदो नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ मा याक्थुङ् (लिम्बू) समुदायहरुले जातजातिको महलमा याक्थुङ लिम्बू, मातृभाषाको महलमा याक्थुङ् पान्, पूर्खाको भाषाको महलमा याक्थुङ, दोस्रो भाषाको महलमा खस नेपाली वा अन्य र धर्मको महलमा युमा धर्म लेख्न, लेखाउन चुम्लुङ् कार्यकर्ताहरूलाई अपिल गर्नु भएको थियो ।
कार्यक्रममा युमा साम्यो महासभा केन्द्रीय सदस्यद्धय चित्र वनेम फागो, र थोबाहाङ तुम्बाहाङ्फे, महासभा केन्द्रीय सल्लाहकार आर.वि.पालुङ्वा, युमा साम्यो महासभा झापा जिल्ला समिति अध्यक्ष सुरज विक्रम लक्सम र सचिब ललित कुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...