दमक प्रज्ञाप्रतिष्ठानद्वारा ६ वटा विधाका साहित्यिक पुरस्कार घोषणा, प्रज्ञा मातृभाषा साहित्यिक पुरस्कार लावतीलाई

 लिम्बुवान न्युज
                       

दमक, कातिक १८। दमक प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीको अवसरमा फरक–फरक विधामा योगदान पुयाएको भन्दै ६ विधामा पुरस्कारको घोषणा गरेको छ ।

कार्यक्रम सुरु हुनुअघि देवकोटाचोकमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा अध्यक्ष हेम अधिकारी लगायतले माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी महाकवि प्रति श्रद्धासमुन अर्पण गर्नु भएको थियो ।

विहिवार दमक स्थित पशुपति मन्दिरको सभाहलमा दमक प्रज्ञा प्रतिष्ठानको आयोजना र साहित्य कला संगमको सहआयोजनामा १ नं प्रदेश सभासद माननीय अर्जुन राईको प्रमुख आतिथ्यता, दमक नगरपालिका नगर प्रमुख रोमनाथ ओली र दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको विशेष आतिथ्यतामा सम्पन्न हो ।

देवकोटाको १ सय १३ औ जन्म जयन्तीको अवसर पारेर घोषित पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कारबाट प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने घोषणा गरिएको छ । यो पुरस्कारको राशी रु ५१ हजार रुपैँया रहेको छ । यस्तै, रु २१ हजार राशीको दमक प्रज्ञा सस्कृति पुरस्कार डा. सोमबहादुर धिमाललाई, त्यसैगरी दमक १ निवासी रचना लावतीलाइ रू. २१ हजारकै दमक प्रज्ञा मातृभाषा साहित्य प्रदान गरिने निर्णय भएको अध्यक्ष अधिकारीले बताए ।

यस्तै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई प्रदान गरिने प्रतिष्ठानले घोषणा गरेको छ । यो पुरस्कारको राशी पनि रु २१ हजार नगद नै रहेको छ । यस्तै दमक प्रज्ञा विज्ञान तथा प्रविधि पुरस्कार जसहाङ लिम्बूलाई प्रदान गरिने भएको छ । जसको राशी पनि २१ हजार रुपैँया नै रहेको छ भने दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलिया श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरिएको छ । यसको राशी रु १५ हजार रुपैँया रहेको छ । घोषित पुरस्कार दमक प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका दिन अर्थात आगामी मंसिर २५ गते प्रदान गरिने प्रतिष्ठान अध्यक्ष अधिकारीले जनाएको छ ।

कार्यक्रममा साहित्य क्षेत्रका सर्जकहरु मिश्र बैजन्तीले महाकवि देवकोटाको बाल्य अवस्था र सिर्जनाका बारेमा प्रकाश पानु भएको थियो भने साहित्यकार तिलोचन रिमालद्वारा देवकोटाको काव्यदेन बारेमा सामान्य जानकारी गराउनु भएको थियो । बाल कलाकार रियाज रिजालले देवकोटाको कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रम दमक प्रज्ञा प्रतिष्ठान अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव विष्णु न्यौपानेले संचालन गरेका थिए ।

कार्यक्रममा संघसंस्थाका प्रमुख, दमक र उर्लाबारीका साहित्यकारहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, प्राध्यापक, बुद्धिजीवी, शिक्षक, कर्मचारी, समाजसेवीका साथै संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...