मिक्जालुङ ७ लेखगाउँमा खाद्यान्यको अभाव

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ । पहिरोले तहसनहश बनेको पाँचथरको मिक्लाजुङ गाँउपालिका ७ स्थित लेकगाँउमा खाद्यान्यको अभाव भएको । बाढीपहिरोबाट विस्थापित सहित गाँउका करिब एक सय २६ घरले भोकमरिको सामना गर्नुपरेको हो ।

पहिरोले सडक अबरुद्ध भएपछि खाद्यसामग्री आपुर्ति हुन नसक्दा समस्याको सामना गर्नुपरेको स्थानीयको भनाई छ । ‘दशैंको अत्यदेखि गाँउमा खाद्यसामग्री आपुर्ति हुन सकेको छैन,’ स्थानीय सञ्जय राईले भने ‘बाढीपहिरोबाट विस्थापितहरुको झन बिजोग भएको छ ।’ गत कात्तिक २ गतेको पहिरोले यो गाँउमा यातायात पूर्ण रुपमा ठप्प छ । लामो समयसम्म यातायात ठप्प हुदाँ गाँउमा खाद्यसंकट सुरु भएको हो ।

झापाको दमकबाट कन्याटर र बुधबारेको बाटो हुँदै यो गाँउसम्म खाद्यान्न ल्याउने गरिन्थ्यो । रबि राँके भेडेटार सडक पनि अबरुद्ध भएपछि गाँउसम्म खाद्यसामग्री पु¥याउन समस्या छ । ‘हामीले दशैँ पनि राम्ररी मनाउन पाएनौ,’ पहिरो पीडित बिराज राईले भने ‘तिहार त राम्रो होला भन्ने लागेको थियो, तिहारमा त झन भोकमरीको सामना गर्नुप¥यो ।’ स्थानीय मिक्लाजुङ ६ का नारायण लावतीले खेत र अलैचीबारी सबै पहिरोले पुरेपछि आफ्नो लाखौंको लगानीको बगरमा परिणत भएकोमा आफू चिन्तित बनेको बताए ।

यो गाँउका २० घर मानिसहरु पहिरोबाट बिस्थापित भएका छन् । उनीहरुलाई सरकारले राहतसम्म उपलब्ध नगराएको गुनासो छ । बिस्थापीतहरु पाल टाँगेर बसेका छन् । बिस्थापित सहित गाँउका करिब छ सय ६४ जना मानिसहरुले खाद्यन्य अभावमा भोकमारिको सामना गर्नुपरेको बताइएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...