लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिवेशन नोभेम्बर १९ मा हुँदै

 लिम्बुवान न्युज
                       

साउदी अरब, लिम्बुवानखबर संवाददाता। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति साउदी अरबको तेस्रो अधिवेशन हुने भएको छ । साउदी प्रवासले आगामी नोभेम्बर १९ का दिन अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रवास समितिले मञ्चका संघीय अध्यक्ष कुमार लिङदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने लागेको मञ्चका अन्तराष्ट्रिय प्रवास समन्वय मञ्चका संयोजक चन्द्र कुमार लिङदेनले बताए ।

मञ्चको आगामी मंसिर २६ र २७ गते हुने तेस्रो संघीय राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै सबै प्रवास समितिहरुमा महाधिवेशन गर्ने गरी कार्यक्रम अघि बढाईएको संयोजक लिङदेनले बताए । यस अघि बेलायत र युएईको महाधिवेशन सम्पन्न भईसकेको छ । त्यसैगरी चाडै नै बहराईन र साईप्रस प्रवासको पनि महाधिवेशन हुने लिङदेनले बताएका छन् ।

संघीय मञ्चको २० प्रवासहरुमा संगठन रहेकोमा १२ वटा प्रवास समितिहरु अहिले सक्रिय छन् भने बाँकी संगठनहरु निस्कृय रहेको समेत संयोजक लिङदेनले बताए । बाँकी प्रवासहरुमा संगठनलाई थप शसक्त बनाउने बारे समन्वय मञ्चले काम गरिरहेको उनले बताए ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...