भारत आइसिसी टि२० विश्वकपबाट समुह चरणबाटै बाहिरियो

,   लिम्बुवान न्युज
                       

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारत आइसिसी टि२० विश्वकप २०२१ मा एक खेल अगावै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना समाप्त हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने हुन्थ्यो । तर न्युजिल्यान्डले अफगानिस्तानमाथि सानदार जित निकालेपछि अघिल्लो चरणको अंक गणीतिय सम्भावना सकिएको हो । अफगानिस्तानले प्रस्तुत गरेको १ सय २५ रनको सामान्य विजयी लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तान यस अघिनै ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगेको थियो ।

टि२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । यसअघिनै सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । आज हुने दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्डबीचको नतिजाले समूह विजेता र उप विजेताको टुङ्गो लाग्नेछ ।

पाकिस्तानले ४ खेलमा ४ मा जितका साथ ८ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । पाकिस्तानले आज राती स्कटल्यान्डलाई हराउँदा १० अंकका साथ शीर्ष स्थानमा रहने छ । पराजित भएमा भने समान ८–८ अंक हुँदा नेटरनरेटको आधारमा न्युजिल्यान्ड शीर्षस्थानमा रहनेछ । न्युजिल्यान्डको नेटरनरेट प्लस १.१६२ र पाकिस्तानको प्लस १.०६५ छ ।

भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने लगभग निश्चित जस्तै बनेको थियो ।

तेस्रो खेलमा अफगानिस्तानलाई ६२ रन र स्कटल्यान्डलाई ८ विकेटले हराउँदै झिनो आशा कायमै राखेको थियो । भारत २००७ को विश्वकप च्याम्पियन टोली हो । २०१४ मा उपविजेता र २०१६ मा सेमिफाइनलबाट बाहिरिएको थियो । टि२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । सेमिफाइनल बुधबार र बिहीबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;