मन्त्री खापुङ्द्वारा दमकका दुई अस्पतालहरुको निरीक्षण

,   लिम्बुवान न्युज
                       

दमक, २२ कार्तिक–संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले झापाको दमकस्थित दमक अस्पताल र आम्दा अस्पतालमा निरीक्षण गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खापुङले दमक अस्पताल र आम्दा अस्पतालको निरीक्षण पश्चात सरोकारवालासँग छलफल गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीका अध्यक्ष महेश घिमिरेका अनुसार मन्त्री खापुङले अस्पतालको अवस्था र त्यसको क्षमता अभिबृद्धि लगायत नागरिकको स्वास्थ्य सेवामा गर्ने विभिद पक्षको बारेमा जानकारी लिएका थिए । दमकमा एक मात्र सरकारी अस्पताल दमक अस्पताल र आम्दा अस्पतालको अस्पतालद्वारा सञ्चालन गरिरहेको सेवा र गुणस्तरीयता सम्बन्धी अस्पतालको प्रविधि र समस्याहरुको सम्बोधन गर्ने बारेमा दमकका राजनीति दल, सामाजिक संघसंस्था, जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसँग छलफल गरिएको एकीकृत समाजवादी दमक नगर अध्यक्ष घिमिरेले जानकारी दिए ।

गृह जिल्ला तेह्रथुमको कार्यक्रम पश्चात काठमाण्डौंतर्फ फकिर्ने क्रममा मन्त्री खापुङले दमकको अस्पताल र स्थानीय नेता–कार्याकर्ताहरु भेटघाटको क्रममा दमक आइपुगेका हुन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एबम् झापा इन्चार्ज इन्द्रबहादुर बुडाथोकीको अनुसार कार्याकर्ता भेटघाटको क्रममा मन्त्री खापुङ दमक आउनुभएको बताए ।

एकीकृत समाववादीको दमक नगर कमिटीको कार्यालय देबकोटा चौकस्थित सिद्धी मार्केटमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा मन्त्री खापुङले स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा दमकका राजनीति अगुवाहरुसँग अन्तरक्रिया गर्नुभएको नेकपा (एकीकृत समाजवादी) झापाका नेता हरिकृष्ण पौडेलले जानकारी गराए ।

सो क्रममा संयुत्त गठबन्धन दलहरु नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी, नेपाली कांगेस दमक नगर समिति, नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटी, जनता समाजवादी पार्टी, नेकपा माले दमक नगर कमिटी, राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समिति लगायतका राजनीति दलको तर्फबाट दमक अस्पताल र आम्दा अस्पतालको गुणस्तरीय सेवा लगायत स्वास्थ्य वीमा मार्फत सेवाग्राहीले पाइरहेको झन्झटिलो प्रकृया लगायतको ध्यानाकार्षण सहित संयुक्त ज्ञापन पत्र बुझाएका थिए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज इन्द्र बहादुर बुडाथोकीको उपस्थिति रहेको थियो ।

त्यस्तैं, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई, नेकपा (माओवादी केन्द्र) दमक अध्यक्ष तिर्थराज बस्नेत, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ, सशस्त्र प्रहरी बलका पूर्व एसएसपी तथा नेकपा (एकीकृत समाजवादी) का नेता भरतबाबु कार्की, नेपाली कांग्रेसका नेता सुरेश लिम्बू, नेकपा (माओवादी केन्द्र) का नेता गगन पुरी लगायतको सहभागिता थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;